• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बर्दियाबाट काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई कहाँ पुर्याइयो ?

    757
    SHARES

    काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो ।

    यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई बाघले आक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घास पनि जोहो गर्ने क्रममा बाघका आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।

    यो बाघले केही अगाडि पनि निउरो टिप्न गएकी एक महिलालाई मारेको आशंका छ । र, दोहोर्‍याएर मान्छे मार्न थालेपछि बाघलाई तत्काल व्यवस्थापन गर्नु परेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ