• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    घट्यो सुनको मूल्य

    160
    SHARES

    काठमाडौं । आज नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो। महासंघका अनुसार सोमबार तोलामा २ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ८७ हजार ४ सय र तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० रुपैयाँ थियो।

    अघिल्लो साताको अन्तिम कारोबार दिन (चैत २० गते, शुक्रबार) तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिन (चैत २२ गते, आइतबार) भने स्थिर रहेको थियो।

    सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। सोमबार तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया