• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    नेपाली फुटबल टिमको प्रशिक्षक बने अब्दुल्लाह

    183
    SHARES

    काठमाडौँ । नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

    एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ । आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

    यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप उपाधि जिताए यता उनले निरन्तरता पाएनन् । अब ४० वर्षीय अल्मुटाइरी कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् ।

    यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो ।

    नेपाली मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ । हामीले ४–३–३ शैलीमा खेल्नेछ र आक्रामक रहनेछ । मसँग जादुयी उपाय केही पनि छैन्, तर मैले कडा मिहिनेत गर्नेछु । मसँग खेलाडीले पनि उत्तिकै कडा मिहिनेत गर्नु पर्नेछ ।’

    उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन् । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ र भने नेपाल बसाइको खर्च भने अखिल नेपाल फुटबल संघ (एन्फा) को हुनेछ ।

    उनले भने,‘म नेपालीका लागि आएको हुँ । म उनीहरूलाई खुसी दिन आएको हुँ । मेरो लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ । म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ । तर खेलाडीको प्रदर्शन भने राम्रो हुने वचन गर्छुं ।’ उनले नेपाली खेलाडीको स्तर राम्रो भएको पनि बताए ।

    उनले थ्री नेसन्स कपको फाइनलमा नेपाली टिमले केही राम्रो देखाएको पनि दाबी गरे । उनले टिमको सम्भावित प्रदर्शनलाई लिएर भने, ‘सबै जिम्मेवारी मेरो हुने छ, खराव भए त्यो मेरो नै जिम्मेवारी हुनेछ, राम्रो भए सबैको हुनेछ ।’ अलमुताइरीले नेपालले साफ च्याम्पिनसिप जित्न आवश्यक रहेको र यसका लागि योग्य पनि भएको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया