• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    ताइवानमा रेल दुर्घटना, अहिलेसम्म ५० जनाको मृत्यु

    454
    SHARES

    काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो ।

    राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए । ताइवानका राष्ट्रपतिले यो दुर्घटना दशककै ठूलो भएको बताएका छन् । ताइवानको एक सुरुङमा रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

    ४ सय ९४ यात्रु बोकेको आठ डब्बायुक्त उक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका छन् । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाएका छन् । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ