• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली फाँसीवादी बाटोमा हिँडिरहेका छन- प्रचण्ड

    307
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँ’सीवादी बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

    प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटो फाँ’सीवादी भएको बताएका हुन् ।उनले मुल्य मान्यताले बनाएका नियमहरुलाई उल्लंघन गर्दै समाजलाई निरङ्कुशतातर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको बताए । उनले फाँ’सीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गरे ।

    संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो शंकेत नभएको उल्लेख गर्दै गलत प्रवित्तिको अन्त गर्न एकजुट भएर आन्दोलनमा जानसक्नुपर्ने तर्क गरे । अध्यक्ष प्रचण्ड अहिले भइरहेका क्रियाकलापको विरोध गर्न नसके माणिक लालश्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने बताए ।

    लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विभिन्‍न आन्दोलनले स्थापित मुद्दाहरु र शहीदको रगतलाई खेर जान नदिने जिकिर गरे ।

    उनले विकासको नाममा जनतामाथि दमन गर्न नपाईने बताए । वाम बुद्धिजीवी तथा नेपालभाषाका समालोचक प्रा. माणिकलाल श्रेष्ठको मेडिसिटी अस्पतालमा गत मंगलबार ८९ वर्षको उमेरमा मृत्यु भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ