• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री ओलीविरुद्धको मुद्धामा सर्वोच्चबाट आयो यस्तो खबर

    1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दामा शुक्रबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।

    संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहँदा संवैधानिक इजलास र कानुन व्यवसायीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाका २ मुद्दा परेका थिए । प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

    यसअघि उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्रीलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उक्त आदेश अनुसार प्रधानमन्त्री ओलीले लिखित जवाफ पनि पेश गरिसकेका छन् ।

    प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना गर्ने मनसाय नराखेको प्रष्टीकरण दिँदै प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने कामलाई निरुत्साहित गर्नुपर्ने भनी लिखित जवाफ पेश गरेका थिए ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ८१ सालको नयाँ वर्षमा याङग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने दावी गरेका हुन् ।

    अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।’

    त्यस्तै सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

    बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।

    त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् ।  बैठकले विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

    चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ