• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    भरतपुरका लागि उडेको पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर अन्तै पुग्यो, तर कहाँ ?

    1K
    SHARES

    काठमाडौँ । पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर  तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए । “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदैछ, विस्तृत विवरण केहीबेरमा आउनेछ”, उनले भने ।

    त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्ने बेला आएको बताएका छन् । पूर्वराजा शाहले अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि बताएका छन्। बरु, आफूले राजगद्दी त्यागेर उच्च साहस र इमानदारी दर्शाएको उनको भनाइ छ।

    परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप देशमा भित्रिएको उनको आरोप छ। राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उनले उल्लेख गरेका छन्।

    देश कसरी जोगाउने भन्ने विषयले आफू चिन्तित रहेको पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ। ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ,’ उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्। हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ।’

    जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै उनले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। यस्तै मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो।

    स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्वराष्ट्रपतिले अब २१, पूर्व धानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

    यसैबीच पूर्वराजा ज्ञानेन्द शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले गृह मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटाइदैं आइएको छ। जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

    तिमिल्सिनाले नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने भएकाले सुरक्षाकर्मीको सङ्ख्याको लागि पुनर्विचार गरिदिन भन्दै गृह मन्त्रालयमा पत्र पठाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया