• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    एमालेको नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

    844
    SHARES

    काठमाडौँ । नेकपा एमालेको माधव –झलनाथ पक्षको आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेपछि बस्ने छ । नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो ।

    नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्।

    एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए। नेपाल–खनाल पक्ष अहिले देशव्यापी समानान्तर संरचना बनाउने क्रममा छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ