• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद बैठक

    708
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

    आज साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीको कार्यालय पुनर्निर्माणपछि नयाँ भवनमा पहिलोपटक बैठक बस्न लागेको हो।

    यता नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि छलफल हुने बताए ।

    श्रेष्ठले भने, ‘समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको छ । स्थायी कमिटी बैठक आज बस्दैछ । समर्थन फिर्ताबारे पनि बैठकमै छलफल हुन्छ । अहिले यत्ति भनौं ।’

    फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

    काँग्रेस–जसपालगयतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देव गुरुङले ओलीले विश्वासको मत लिनुपर्ने बताएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ