• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    म्यानमारमा सेनाले दमन बढाएपछि जापानले गर्यो यस्तो घोषणा

    4.7K
    SHARES

    टोकियो । जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ ।तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ ।

    म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन् ।

    संसदमा मङ्गलबार सम्बोधन गर्दै विदेश मन्त्री मोटेगीले भने, “म्यान्मारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यान्मारलाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौं ।”

    संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् ।

    तर जापानको म्यान्मारसँग बलियो आर्थिक तथा म्यान्मारको सेनासँग रहेको लामो समदेखिको सम्बन्धका कारण जापानले केही नरम नीति लिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् ।

    हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ ।म्यान्मारमा प्रजातन्त्रको पुनर्वहालीका लागि भएको प्रदर्शनमा हालसम्म ५०० भन्दा बढी व्यक्ति मारिइसकेका छन् । विश्वका शक्तिशाली मुलुकहरुले म्यान्मारको सैन्य विद्रोहलाई लिएर निन्दा एवं भर्त्सना गरिरहेका छन् ।

    जापानले म्यान्मारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्वहालीका लागि आह्वान गरेको छ । म्यान्मारमा केही हजार जापानी नागरिक र सयौं जापानी कम्पनीहरु रहेको विश्वास गरिन्छ । म्यान्मारमा हाल विदेशी लगानीका दृष्टिबाट जापान पाँचौं ठूलो लगानीकर्ता मुलुक हो ।

    सेनाको भनाइ र गराइमा विरोधाभास

    गत हप्ता सम्पन्न म्यानमारको सैन्य दिवसमा टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कूपछि सरकारको नेतृत्व सम्हालेका नेता मिन आङ लाइङले सेनाले ‘प्रजातन्त्रलाई बचाउनका लागि पूरा देशसँग हात मिलाएको’ बताएका थिए ।

    तर साताको अन्त्यमा देशभर प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग र गोली चलाउनुले उनको भनाइ र कामबीच तादाम्यता नदेखिएको ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले बताएको छ ।

    यसैबेला पूर्वी म्यान्मारको एउटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ । कारेन नेशनल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइएको छ । यसले कैयौँ वर्षको शान्तिपछि अब उक्त समूह र सेनाबीच तनाव बढ्ने आशङ्का गरिएको छ ।

    राष्ट्रसङ्घ सुरक्षा परिषद्‌को आकस्मिक बैठक

    संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा म्यान्मारका सैन्य नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव चीनले अस्वीकार गरेको छ ।

    सैन्य नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका छन् । यसअघि म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी बीबीसीले जनाएको छ ।

    सैन्य ‘कु’ विरुद्ध जारी प्रदर्शनमाथि सेनाले गरिरहेको दमनले म्यान्मारमा गृहयुद्धको खतरा औँल्याइन थालिएको छ । अधिकारकर्मीहरूका अनुसार सैन्य कु गरिएको दुई महिनामा पाँच सयभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मा’रिएका छन्।

    गत शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मा’रिएपछि ब्रिटेनको आग्रहमा सुरक्षा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो। शनिवारको घटनालाई लिएर विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना भएको थियो।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ