• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सौन्दर्य

    तपाई एक महिनामै सुन्दर देखिन चाहनुहुन्छ ? आजैबाट सेवन गर्नुहोस यस्ता चिज

    588
    SHARES

    काठमाडौँ । हरेक मान्छेलाई सुन्दर देखिने मन हुन्छ । अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ। अनुहारको छाला चम्किलो बनाउन धेरैले धेरैथरीका उपाय अपनाउने गरेका छन् । सुन्दर देखिन थुप्रै खर्च गर्ने मानिस पनि थुप्रै छन् ।

    जीवन सुन्दर फूल हो। यो फूललाई कसरी सजाउने, हुर्काउने र बढाउने भन्ने आफैंमा भरपर्छ। मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।

    सुन्दर भन्नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन्। तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन। सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्न सघाउँछ। तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला स्वस्थ सुन्दर बनाउन के खाने ?

    अमला, कागती र भेडेखुर्सानी- भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ।

    गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ- बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।

    सी फूड, गेडागुडी र प्याज- जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन्। सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ।

    ओखर र सोयाबिन- ओमेगा-३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन। यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ। ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया