• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    के सच्चिक्कै यी तस्वीर नेपालमा लागेको डढेलोका हुन् ? यस्तो छ यर्थाथ

    703
    SHARES

    काठमाडौँ । केही दिनयता मुलुकभरका जंगलमा डढेलो लागेको र हावा नचलेको कारण राजधानी काठमाडौँसहित देशका बिभिन्न शहरमा तुवाँलो फैलिएको छ । जसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गतेदेखि चार दिनका लागि सरकारले विद्यालयहरु बन्द गराएको छ । वायु प्रदुषणका कारण उडानहरु प्रभावित भएका छन् भने गत चैत १३ गते काठमाडौं विश्वकै सबैभन्दा प्रदुषित शहर बन्यो ।

    गत चैत १६ गतेदेखि डढेलोबाट नेपालमा भएको क्षतिबारे ध्यानाकर्षण गराउन ट्वीटर र फेसबुकमा #PrayforNepal व्यापक रुपमा शेयर गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आगलागीका विभिन्न तस्बिर नेपालको डढेलोको भन्दै शेयर गरेका छन् ।

    ट्वीटरमा र फेसबुकमा तस्वीर शेयर गरिएका छन् । तिनमा केही नेपालका डढेलोका तस्वीर छन् भने अधिकांश विदेशमा भएका आगलागीका तस्वीर भएको फेला परेको छ ।

    तीमध्ये चारवटा भ्रामक तस्वीरको साउथ एसिया चेक ले तथ्य जाँच गरेको छ ।

    पहिलो तस्वीर


    आगोको लप्काबाट भाग्दै गरेको मृगको यो तस्वीर अमेरिकाको क्यालिफोर्नियामा सन् २००३ को अक्टोबर २८ तारिखमा खिचिएको अमेरिकी टेलिभिजन च्यानल सीबीएसले जनाएको छ । उक्त तस्वीर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसबाट लिइएको सीबीएसले जनाएको छ ।
    दोस्रो तस्वीर


    आगलागी भएको ठाउँको काठका मुढा नजिकै उभिएको गाईको तस्वीर अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जको रहेको नेसनल जियोग्राफिकले जनाएको छ । उक्त तस्वीर युरोपेली फोटो एजेन्सी इपिएका नोआ बर्गरले सन् २०१३ को अगस्ट २४ तारिखमा खिचिएको हो ।
    तेस्रो तस्वीर


    यो तस्वीर क्यानडाको जंगलमा सन् २०१७ को वर्खामा लागेको डढेलोको भएको पत्ता लागेको छ । डिजिटल जर्नलका अनुसार ब्रिटिस कोलम्बियामा लागेको उक्त डढेलोले ठूलो क्षति गरेको थियो ।
    चौथो तस्वीर


    नेपालमा लागेको डढेलोको भनी फैलाइएको यो तस्वीर इण्डोनिसियाको आगलागीको भएको द कन्भर्सेसनले जनाएको छ । उक्त तस्वीर अन्तरा फोटो एजेन्सीका फोटोग्राफर रोनी मुहरमानले खिचेको बताइएको छ । यसरी नेपालमा यस वर्ष मनसुन अगाडि लागेको डढेलोको तस्वीर भन्दै अमेरिका, क्यानडा र इण्डोनेसियामा यसअघि भएका आगलागीका तस्वीर सामाजिक सञ्जालमा शेयर गरी भ्रम फैलाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ