• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    डेब्यूको १३ वर्षपछि राष्ट्रिय टिमबाट विराज महर्जनले लिए संन्यास

    839
    SHARES

    काठमाडाैं । डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिएका छन्। राजधानीमा सम्पन्न थ्री नेसन्स कपपछि विराजले राष्ट्रिय टिमबाट संन्यास लिएका हुन्। थ्री नेसन्स कपको फाइनलमा विराज ८९ मिनेटमा त्रिदेव गुरूङको स्थानमा मैदान प्रवेश गरेका थिए।

    विराजले राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्षपछि संन्यास लिएका हुन्। उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्। त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए।

    थ्री स्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए। सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा पुगे। उनले खेलेका तीन वटा क्लबबाट लिग जित्ने अवसर पाए।

    राष्ट्रिय टिमबाट ७३ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए। उनले राष्ट्रिय टिमबाट एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन्। अनिल गुरूङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए। तर टिममा नियमित स्थान बनाउन भने सकेनन्।

    विराजले नेपालले तीन वटा उपाधि जित्दा नेतृत्व गरे। नेपालले बंगबन्धु गोल्डकप, १२ औं साग र सोलिडारिटी कप जित्दा उनी मैदानमा कप्तानको भूमिकामा थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ