• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    डडेल्धुराका युवाहरुले गरे होली खेलेको रकम मिर्गौला पिडित जितेन्द्रलाई सहयोग

    555
    SHARES

    डडेल्धुरा । डडेल्धुराको परशुराममा होली खेलेर संकलन गरिएको रकम मृगौला पीडितका लागि सहयोग गरिएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नं ४ कटालका जितेन्द्र टमाटाको उपचारका लागि सहयोग गरिएको हो। टमाटाको दुबै मृगौला फेल भएर धनगढी स्थित माया मेट्रो अस्पतालमा डायलासिस गराइरहेका छन्।

    दुई वटै मृगौला फेल भएका टमटाको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारमा समस्या भईरहेको तथा उनको उपचार गर्न सक्ने पारिवारिक अवस्था समेत नरहेकाले आर्थिक संकलन जुटाउन लागिएको युवाहरूले बताएका छन।

    रेडज्वाला होली कमिटी मार्फत होलीको आयोजना गरि आइतबार सम्म ३८ हजार ३ सय ४१ रुपैयाँ आर्थिक संकलन गरि परिवारलाई बुझाइएको विश्व हिन्दु युवा संघ परशुरामका अध्यक्ष रोहन ऐरले बताए।

    टमाटाको उपचारका लागि करिव १३ लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ। जितेन्द्रकी आमाले छोरालाई एक मृगौला दिने बताएकी छन्। टमाटाको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह समेत गरिएको छ। कृषि विकास बैंक लिमिटेडमा जितेन्द्र टमाटाको खाता नं ०८२७२०१५०२८७१०१९ मार्फत सहयोग गर्न सकिनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया