• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    म्यानमारबाट भाग्न थाले नागरिक, शरण खोज्दै कुन देश पुगे ?

    2K
    SHARES

    काठमाडौं । म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर थाइल्याण्ड पुगेका छन् । म्यानमारको सेनाले हवाई आक्रमण सुरु गरेसँगै उनीहरु भागेर थाइल्याण्ड पुगेका हुन् ।

    धार्मिक सशस्त्र समुहको नियन्त्रणमा रहेको यो क्षेत्रलाई लक्षित गरी सेनाले आइतबार हवाइ आक्रमण गरेको थियो । आक्रमणपछि मानिसहरु जंगलमा लुक्न गएका थिए । उनीहरुमध्ये करिब तीन हजार मानिसहरु अहिले शरण खोज्दै थाइल्याण्ड पुगेका हुन् ।

    अहिलेसम्म थाइल्याण्डले भने म्यानमारबाट आएका शरणार्थीको विषयमा केही बताएको छैन । म्यानमारमा अहिले सेनाविरुद्धको आन्दोलन निरन्तर चलिरहेको छ । उक्त आक्रमणको सेनाले ब’र्बर दमन गरिरहेको छ ।

    आइतबार म्यानमारको सेनाले अन्त्येष्टिमा गएका मानिसहरुमाथि पनि गो’ली चलाएको थियो । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार म्यानमारमा सुरक्षाकर्मीबाट थप १३ प्रदर्शनकारी मारिएका छन् । एएपीपीका अनुसार म्यानमारमा अहिलेसम्म सेनाविरुद्धको आन्दोलनमा ४५९ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा धेरै मानिसहरु पक्राउ परेका छन् ।

    शनिबार म्यानमारमा एकैदिन आन्दोलनको क्रममा ११४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले गरेको घा’तक दमनपछि पश्चिमा मुलुकहरुले म्यानमारको सेनाको निन्दा गरेका छन् । यद्यपि, अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाविरुद्ध चालेको कदमको प्रभाव भने निकै कमजोर देखिएको छ ।

    यस्तै राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेस, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले लगायत विश्वसमुदायले दुःख व्यक्त गरेको छ । घटनापछि अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले म्यानमारमा भएको घटनाले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन् ।

    उनले भने,“शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवनमाथि कसरी धावा बोल्छन् भन्ने प्रष्ट भएको छ । साहसी मानिसहरूले सैनिकहरूले आतङ्कित पारेर शासन गर्ने सोचको अस्वीकार गर्दै भएको प्रदर्शनमा नागरिकहरू मारिनु दुखद् हो ।”

    म्यानमारस्थित अमेरिकी दूतावासले यसअघि नैसुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो । शनिबार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य ‘कू’ पछिको सबभन्दा बढी मानिस मारिएको वा घाइते भएको दिन भनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । शनिबार एक सयभन्दा बढी मानिस मारिएको बताइएको छ ।

    अमेरिकी दूतावासले त्यसअघि सुरक्षा फौजले ’निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो । शनिबारको सैनिक दमनपछि पनि राजधानी याङ्गुनका सडकमा टायर बाल्दै प्रदर्शनकारी सशक्त रूपमा सेनाको ‘अप्रजातान्त्रिक’ कदम र त्यसपछिका निरन्तर अभ्यासहरूको प्रतिकार गरिरहेका छन् ।

    सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको बताइएको छ ।

    राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले ९१ जना मारिएको जनाएको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमले उक्त सङ्ख्याभन्दा धेरै व्यक्ति हताहत भएको जनाएका छन् ।

    म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

    आङ सान सु चीको दल ‘नेशनल लिग फर डेमोक्रेशी’ले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको र सेनाको उक्त कदम अप्रजातान्त्रिक भएको प्रदर्शनकारीहरूले बताउँदै देशमा प्रजातन्त्रलाई पुनः स्थापित गर्नु नै आफूहरूको निर्दिष्ट लक्ष्य भएको बताइएको छ ।

    सेनाको भनाइ र गराइमा विरोधाभास

    गत हप्ता सम्पन्न म्यानमारको सैन्य दिवसमा टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कूपछि सरकारको नेतृत्व सम्हालेका नेता मिन आङ लाइङले सेनाले ‘प्रजातन्त्रलाई बचाउनका लागि पूरा देशसँग हात मिलाएको’ बताएका थिए ।

    तर साताको अन्त्यमा देशभर प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग र गोली चलाउनुले उनको भनाइ र कामबीच तादाम्यता नदेखिएको ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले बताएको छ ।

    यसैबेला पूर्वी म्यान्मारको एउटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ । कारेन नेशनल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया