• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

    586
    SHARES

    काठमाडौँ । थ्री नेसन्स कपको उपाधि भिडन्त आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुने फाइनल खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

    आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।

    प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

    बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने भए पनि उपाधि आफ्नै टोलीले जित्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ