• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    म्यानमारका प्रदशनकारीको बयान- ‘सेनाले हामीलाई चरा मारेझैं मारिरहेको छ’

    1.2K
    SHARES

    म्यानमारमा शनिबार सुरक्षाकर्मीको गो’ली लागेर पाँच वर्षका बच्चासहित ११४ नागरिकको ज्यान गएको छ। गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता ह’त्याएको सेनाले त्यसपछि पहिलो पटक एकैदिन यति धेरै नागरिकको ज्यान लिएको हो। नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै नयाँ चुनाव गराउँछु भनेर सत्ता लिएको सेनाले चलाएको गो’ली लागेर अहिलेसम्म ४४० जनाले ज्यान गुमाएका छन्।

    सेनाले सत्ता लिएपछि म्यानमारमा दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। यसअघिका प्रदर्शनमा पनि सेनाले दमन गर्दै आएको थियो तर शनिबार एकैदिन १०० बढी प्रदर्शनकारीको ह’त्या गरिएको हो। शनिबार म्यानमारमा सैनिक बल स्थापना दिवस थियो। त्यही दिन सुरक्षाकर्मीले यंगुन, मण्डालयलगायतका शहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गो’ली चलाएका हुन्।

    ‘उनीहरूले हामीलाई हाम्रै घरभित्र चरा मारेझैं मारिरहेका छन्,’ एक जना प्रदर्शनकारी थु या जले समाचार संस्था रोयटर्ससँग भनेका छन्,’तर जे भए पनि हामी प्रदर्शन जारी राख्नेछौं। जुन्ता शासन नढलेसम्म हाम्रो आन्दोलन भइरहने छ।’

    यसैबीच अमेरिकालगायत दर्जन मुलुकका सैनिक अधिकारीले म्यानमारको सेनाले शनिबार गरेको दमनको विरोध गर्न लागेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर सैनिक क्रुरताको विरोध गर्न लागेको रोयटर्सले जनाएको छ।

    अष्ट्रेलिया, क्यानडा, डेनमार्क, जर्मनी, ग्रिस, इटाली, जापान, नेदरल्याण्ड, न्युजिल्याण्ड, दक्षिण कोरिया र बेलायतका उच्च सैनिक अधिकारीहरूले जारी गर्न लागेको विज्ञप्तिमा शनिबारको नरसंहारले म्यानमारको सैनिकले जनतासँगको विश्वास गुमाएको उल्लेख छ। यी मुलुकमा कूटनीतिज्ञले यसअघि नै सैनिक दमनको विरोध गरिसकेका छन्। सेनाबाट यसरी अर्को देशको सेनाको विरोध कमै हुन्छ।

    उता रूसले भने म्यानमारको सेनाले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेको छ। सैनिक बल स्थापना दिवसको समारोहका लागि रूसले आफ्ना उप रक्षामन्त्रीलाई नै नेपिदअ पठाएको थियो। शनिबार सेनाले गरेको समारोहमा सहभागी उनी सबैभन्दा बरिष्ठ विदेशी अधिकारी थिए।

    यस्तै उता अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार विहानै प्रहरी चौकीमा आक्रमण गरी तालिवान लडाकूले कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरेका छन् ।

    अधिकारीका अनुसार विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा आक्रमण भएको थियो । घटनामा केही तालिवान लडाकूहरू पनि मारिएका बताइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ