• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    जब मलाइकाले रेष्टुरेन्टको बाथरुमबाट निस्किएपछि पाइन्ट माथि सार्न बिर्सिइन्, त्यसपछि जे भयो…

    566
    SHARES

    कोरोनाभाइरसको डर मानिसहरुको मनमा थप गहिरिँदै छ । फेस मास्क लगाउनेदेखि बारम्बार हात धुनेसम्म सबैले पूर्ण सतर्कता अपनाइरहेका छन् । अब नायिका मलाइका अरोडाले आफूमाथि घटित भएको एउटा घटना सेयर गरेकी छिन् ।

    मलाईकाले लेखेकी छिन्, ‘पहिला जब मानिसहरु घरमा आउँथे तब हामीले ‘कुकुरलाई भ्याक्सिन लगाएको छ, नडराउनुस्’ भनिन्थ्यो । अब म उनीहरुलाई भन्छु ‘नडराउनुस्, हामीले भ्याक्सिन लगाइसकेका छौं ।’

    मलाइकाले थपिन्, ‘हामी सबै पागल भइसकेका छौं । एकपटक एउटा रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोयलेटको सीट उठाएँ । मैले टिस्यूको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ ।’

    ‘त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।

    स्मरण रहोस्, सन् २०२० को सेप्टेम्बर ७ मा मलाइकाले कोरोनाभाइरस पोजेटिभ भएको खबर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसपछि उनी होम क्वारेन्टिनमा बसेकी थिइन् ।

    यस्तै बलिउड नायिका प्रियंका चोपडाले हालै रेष्टुरेन्ट खोलेकी छिन् । न्यूयोर्कमा खोलिएको यो रेष्टुरेन्ट निकै चर्चामा छ । प्रियंकाको यो रेष्टुरेन्टमा भारतीय खाना पस्किइन्छ । बलिउड इन्डष्ट्रिमा यस्ता थुप्रै स्टार्स छन् जसले अभिनयका साथै व्यापार पनि चलाउँछन् ।

    सुनिल शेट्टी सफल व्यापारी हुन् । उनी जिम, रेष्टुरेन्ट्स, रियल स्टेट र क्लब चलाउँछन् । उनको पपकर्न इन्टरटेन्मेन्ट नामको प्रोडक्सन हाउस पनि छ । नायिका शिल्पा शेट्टी सैलून र स्पा चेनकी सह–मालिक हुन् । यो फ्रेन्चाइजीको नाम ओएसीस हो । नायक बबी देओल मुम्बईमा एउटा रेष्टुरेन्ट चलाउँछन् । रेष्टुरेन्टमा इन्डो चाइनिज कुजिन सर्भ गरिन्छ ।

    अभिषेक बच्चन आजकाल फिल्म बिग बुलका लागि चर्चामा छन् । अभिषेक बच्चन अभिनयका साथै प्रो कबड्डी लीग फ्रेन्चाइजीको टीम जयपुर पिंक प्यान्थरका मालिक हुन् । यस्तै अजय देवगनको कुरा गर्नुपर्दा उनको अजय देवगन फिल्म्स नामको प्रोडक्सन हाउस छ । यसबाहेक उनले सन् २०१५ मा भिजुअल इजेक्ट कम्पनी एनवाई भिएफएक्सवाला सुरु गरेका थिए ।

    अर्जुन रामपाल चेजिङ गणेशा नामको इभेन्ट म्यानेजमेन्ट कम्पनी चलाउँछन् । यसका साथै उनी ल्याप–द लाउन्ज नामको एउटा लन्ज बार रेष्टुरेन्ट पनि चलाउँछन् । ऋतिक रोशन लाइफस्टाइल ब्रान्ड एचआरएक्सका मालिक हुन् । यो निकै चर्चित ब्रान्ड हो । यसबाहेक उनले क्योर फिट नामको स्टार्टअपमा पनि लगानी गरेका छन् ।

    मिथुन चक्रवर्ती लग्जरी होटल्सका चेन चलाउँछन् । यसको नाम मोनार्क ग्रुप अफ होटल्स हो । अभिनेता रोनित रोय एस सेक्युरिटी एण्ड प्रोटेक्सन नामको सेक्योरिटी एजेन्सी चलाउँछन् । यसले थुप्रै ठूला कलाकारलाई पर्सनल सिक्योरिटी प्रदान गर्ने गर्छ ।

    नायिका सुष्मिता सेना पछिल्लो पटक वेब सिरिज आर्यामा देखिएकी थिइन् । उनका तान्त्रा इन्टरटेन्मेन्ट नामको प्रोडक्सन हाउस छ । साथै उनको रेने जुलर्स नामको जुलरी रिटेल स्टोर पनि छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया