• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    एमाले कम्युनिष्ट नै हैन कांग्रेसमा बिलिन भए हुन्छ भन्दै प्रचण्डले ओलीलाई यसरी गर्थे गाली, हेर्नुहोस् भिडियो

    35.7K
    SHARES

    काठमाडौं । पूर्व एमाले र पूर्वमाओवादी केन्द्र यतिबेला ‘दुई मुटु एउटै धड्कन’ बनेका छन् ।एकतापछि पार्टीका २ अध्यक्ष केपी ओली र प्रचण्डबीचको सम्बन्ध बाहिरीरुपमा हेर्दा निक्कै आत्मीय देखिन्छ । तर आन्तरिक अवस्था के छ भन्ने विषय भने उनीहरुको अभिव्यक्तिबाट बेला बखत कुनै न कुनै रुपमा चर्चा भएकै देखिन्छ ।

    हिजोका दिनमा नेकपा एमाले र नेपाली कांग्रेसलाई एउटै तराजुमा राखेर जोख्ने माओवादी अध्यक्ष प्रचण्डले आफ्नो सिङ्गो पार्टी नै एमालेमा लगेर बिलय गराए । उनकै पार्टीका धेरै नेता प्रचण्डको यो कदमलाई अझै पनि एकताभन्दा पनि बिलय नै हो भनेर ठोकुवा गर्छन् । पार्टी एकीकरणपछि तेस्रोपटक स्थायी समिति बैठक बसेको छ । ठिक यहि समयमा एउटा भिडियो तपाईहरुलाई हामी देखाउदै छौं, जुन पार्टी एकताको चर्चा चलिरहेका बेला पनि यो भिडियो निक्कै भाइरल बनेको थियो ।

    एमालेलाई तथानाम गाली गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेकोथियो । भिडियोमा प्रचण्डले कांग्रेस र एमाले पार्टी २ वटा हैन एउटै हाे भनेका छन् । ‘ कांग्रेस र एमाले यो दुइटा पार्टी भन्ने भ्रम आजैबाट हटोस् भन्ने म चाहन्छु ।’ उनले अगाडि भनेका छन्- ‘यो दुइटा पार्टी होइन, यो एउटै पार्टी हो ।’ अलग पार्टी हुनका लागि विचार र राजनीतिक मुद्दा अलग-अलग हुने भन्दै प्रचण्डले संबिधानसभाको दोस्रो चुनावअघि एमाले अलग्गै पार्टीजस्तो देखिएपनि पछिल्लाेसमय कांग्रेसजस्तै भइसकेको तर्क भिडियोमा गरेका छन् । यद्दपी यो पुरानो भिडियो हो ।

    ‘एमाले पार्टी अब नेपालमा चाहिएको पार्टी नै हैन, काँग्रेसमा विलिन भए हुन्छ एमाले कांग्रेसभित्र घुसे हुन्छ ।’ प्रचण्डले अगाडि भनेका छन्- ‘कांग्रेसको एजेण्डामा आत्मसमर्पण गरेपछि एमाले किन एमाले बनेरै बसिरहनुपर्यो ? ‘यसैबी ओली-प्रचण्ड पार्टीको स्थायी समिति बैठकमा आज अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको प्रतिवेदन पेश भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वयको २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको हो ।

    प्रतिवेदनमा पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार लगायत शिर्षकमा ब्याख्या गरिएको छ । यस्तै बैठकले नुवाकोटको दुप्चेश्वरमा भएको दुर्घटनाप्रति पनि खेद प्रकट गर्दै मृतकप्रति समवेदना प्रकट गरेको छ । शनिबार प्रस्तुत प्रतिवेदनबारे छलफलका लागि पुस २ गते बिहान ११ बजे बैठक बोलाइएको नेकपाले जनाएको छ ।

    यस्तै उक्त पार्टीको सचिवालय बैठक पनि बसेको छ । बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु-याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कारवाहीको समीक्षा गर्ने, सकारात्मक काम कारवाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी कार्यसूची तय भएको हो ।

    स्थायी समितिको बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुङ्गोमा पु-याउने विश्वास लिइएको छ ।

    गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन । यस्तै जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ । एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै पोलिटव्यूरोको चयनसमेत हुनसकेको छैन ।

    सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन । यस्तै केही दिन पहिले सचिवालयको बैठक समयमा शुरु नभएको भन्दै बैठक बहिष्कार गर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष प्रचण्डले आज बिहान छलफल गर्नुभएको थियो । नेता गौतमको निवास भैँसेपाटीमा छलफल भएको बताइएको छ । हेर्नुहोस प्रचण्डको भाइरल बनेको भिडियो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ