• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाए, कसरी हेर्ने नतिजा ?

    679
    SHARES
    logo jyoti final

    काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ ।

    बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात रहे । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । त्यसबाट ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको हो । १७ लाख ९७ हजार ८ सय ३५ जनामा गरिएको बाँडफाँटबाट भाग्यशाली आवेदकले आईपीओ हात पारेका हुन् ।

    ज्योती लाइफले कुल ६६ लाख कित्ता सर्वसाधारणका लागि छु्ट्याएको थियो । ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा आईपीओमार्फत बिक्री गरिएको हो ।

    ज्योती लाइफको आईपीओ परे–नपरेको ‘मेरो शेयर’बाट हेर्न सकिने छ । सीडीएससीले ल्याएको नयाँ वेवसाइट ‘आईपीओरिजल्टडटसिडिएससीडटकमडटएनपी’ र बिक्री प्रवन्धक एनएमबी क्यापिटलको वेवसाइटबाट पनि हेर्न सकिन्छ । यसबाहेक ज्योती लाइफको वेवसाइटबाट पनि रिजल्ट हेर्न सकिने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया