• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति विशेष

    ३ बुँदे सहमति उल्लंघन गर्दै ओली सरकारद्वारा नेकपा नेता गिरफ्तार

    23.4K
    SHARES

    काठमाडौँ । ओली सरकारले ३ बुँदे सहमतिको उलङ्घन गर्दै ताप्लेजुङ जिल्ला नेता सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरेको छ । लिम्बुलाई गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको नेकपाले बताएको छ ।

    नेकपा मेची–कोशी व्युरो इन्चार्ज प्रकाशले शुक्रबार प्रेस विज्ञप्ति निकाली बिहीबार साँझ ताप्लेजुङ सदरमुकामस्थित फुङ्लीङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेका सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था स्वयम् सरकारले पैदा गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।

    व्युरो इन्चार्ज प्रकाशले विज्ञप्तिमा भनेका छन्, ‘हिजो मिति २०७७/१२/१२ गते साँझको समयमा ताप्लेजुङ सदरमुकामस्थित फुङ्लीङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेका हाम्रो पार्टी ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु क. ‘सक्कल’ लाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । पार्टी प्रतिबन्धकै अवस्थामा लागेको हात हतियार खरखजना मुद्दाको शिलशिलामा हिरासतमा लिनु परेको प्रहरीले बताएको छ ।’

    सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पश्चात सरकारको तर्फबाट पूरा गरिनुपर्ने सहमतिको उलङ्घन गर्दै यसरी गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

    इन्चार्ज प्रकाशले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमति पश्चात सरकारको तर्फबाट पूरा गरिनुपर्ने सहमतिको उलङ्घन गर्दै यसरी गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको छ । एकातर्फ बिभिन्न कानुनी जटिलताहरु रहेको र तिनलाई सुल्झाउन समय लागेको हुनाले जेल बन्दीहरुलाई समयमै रिहा गर्न नसकिएको बताइरहेको सरकारले यसरी हाम्रो पार्टीका कमरेडहरुलाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था सरकार स्वयम्ले पैदा गरेको छ ।’

    आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको भन्दै उनले आफुले गरेका सहमतिप्रति नेपाल सरकार प्रतिबद्ध बनेर र इमान्दारीता पूर्वक सहमतिको पालना गर्नुपर्ने बताएका छन् । साथै गिरफ्तार नेता गुरुङलाई तुरुन्त रिहा गर्न माग गरेका छन् ।

    ‘तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको हाम्रो पार्टी आफुले गरेका सहमतिप्रति नेपाल सरकार प्रतिबद्ध बनोस् र इमान्दारीता पूर्वक सहमतिको पालना गरोस् भन्न चाहान्छ । साथै हिजो गिरफ्तार क. सक्कललाई तुरुन्त रिहाईको माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

    सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच गत फागुन २० गते नेकपा नेता कार्यकर्ताहरुलाई रिहा गर्ने, झुट्टा मुद्दा खारेज सहमति भएको थियो । सहमति अनुसार नै नेकपामाथिको प्रतिबन्ध फिर्ता भएको थियो ।

    यस्तो छ तीन बुँदे सहमति

    १) दुबै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं ।

    २) नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा सञ्चालन गर्न सहमत भएको छ ।

    ३) नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, नेपाल कारागारमा रहेका नेता तथा पार्टीका कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया