• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights प्रदेश १ राजनीति

    मन्त्रिपरिषद विस्तार हुँदै, गुट र पार्टी बदलेर को-को बन्दैछन् मन्त्री ?

    611
    SHARES

    काठमाडाैं । नेकपा विवाद चर्किँदा गुट छाडेर मुख्यमन्त्री शेरधन राईलाई साथ दिने एमाले र माओवादीका नेताहरूले मन्त्री पद पाउने निश्चित भएको छ।

    शुक्रबार विस्तार हुने प्रदेश १ मन्त्रिपरिषदमा माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङ, माधव नेपाल समूह त्यागेर ओलीमा प्रवेश गरेका उषाकला राई लगायतले मन्त्री पद पाउने निश्चित भएको हो।

    नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीहरूले राजिनामा दिएपछि पाँच सदस्यीय रहेको प्रदेश मन्त्रीपरिषदमा चार जना थप गर्ने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

    स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टंक आङबुहाङले जिम्मेवारी पाउने भएका छन्। माओवादी केन्द्रले उनको सांसद पद खारेजको प्रक्रिया सुरू गरिसकेकोले उनी छ महिनाको लागि मात्र मन्त्री बन्न पाउनेछन्।

    यस्तै, सामाजिक विकास मन्त्रीमा खोटाङकी उषाकला राई नियुक्त हुने भएकी छिन्। उनी यसअघि माधव नेपाल समूहमा रहे पनि समूह परिवर्तन गर्दै ओली समूहमा लागेकी थिइन्। त्यहीबेला उनलाई मन्त्री बनाउने आश्वासनसहित समूह परिवर्तन गराइएको चर्चा चलेको थियो।

    यस्तै, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा राम राना नियुक्त हुने भएका छन्। उनी यसअघि सोही मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका थिए भने सो मन्त्रालयको नेतृत्व मुख्यमन्त्री शेरधन राई आफैंले लिएका थिए।

    मुख्यमन्त्री राईले आफैं नेतृत्व गरेर आफ्ना विश्वास पात्र अम्बिरबाबु गुरुङलाई राज्यमन्त्री बनाएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनै गुरुङलाई नै मन्त्री नियुक्त गर्ने भएका छन्। प्रदेश सरकारको आधाभन्दा बढी बजेट परिचालन गर्ने सो मन्त्रालयको पूर्ण नेतृत्व विवादित पात्र गुरुङले पाउने भएका हुन्।

    सरकार विस्तारमा यसअघि माधव समूह छोडेर ओली समूहमा प्रवेश गरेका अन्य दुई जना पनि राज्यमन्त्रीको रुपमा पुरस्कृत हुने भएका छन्।

    मोरङका राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री र उदयपुरकी कला घलेले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाउन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

    यसैगरी, मोरङका ज्ञानेश्वर राजवंशीले पनि राज्यमन्त्रीको जिम्मेवारी पाउने स्रोतले जनाएको छ।

    यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया