• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती राजनीति

    कलंकीमा खनाल-नेपाल समूहको केन्द्रीय समिति र बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक बस्दै

    508
    SHARES

    काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन्। झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ।

    उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ। उता अध्यक्ष ओलीले भने आजै संसदीय दलको बैठक बोलाएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छ’, भट्टराईले भने।

    बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल-नेपाल समूहले बताएको छ। यसअघि बिहीबार साँझ खनाल-नेपाल समूहका ४ जना नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिएका थिए।

    नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित स्पष्टीकरण दिएका छन्। पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार नेता नेपालले पठाएका हुन्।

    पत्रमा नेता नेपालले केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने प्रश्न ओलीलाई गरेका छन्। एमाले केन्द्रीय समिति बैठक नबोलाएर सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाएका नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको बताएका छन्।

    पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ। ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो,’ नेपालले ओलीलाई पत्रमा प्रश्न गरेका छन्। फागुन २८ गतेको निर्णय बदर गर्न किन चाहानु भएन भन्‍ने प्रश्‍न पनि नेपालले गरेका छन्।

    पार्टीको विधान र प्रक्रिया विपरित नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधान संशोधन गर्नेजस्ता निर्णय गरिएको भनि सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम गरेको नेपालको प्रश्‍न छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया