• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights प्रदेश १ फोटो-फिचर

    जनतालाई होली नखेल्न चेतवानी दिएर आफै यसरी उत्ताउलो बने मुख्यमन्त्री राई, चौतर्फी आलोचना (फोटोफिचर)

    876
    SHARES

    विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले देशभर होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ ।

    त्यति मात्रै हैन, कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन, भीड नगर्न परिपत्र गरेकै दिन बुधबार मुख्यमन्त्री शेरधन राईले भीडभाडमा गएरै होली मनाएका छन्। विराटनगरस्थित उद्योग संगठनले आयोजना गरेको होली मिलन समारोहमा गएर मुख्यमन्त्री राईले होली खेलेका हुन् ।

    बुधबार मात्रै प्रदेश १ मा १३ जना नयाँ कोरोना संक्रमित फेला पर्दा १० जना विराटनगरका मात्रै छन्। उच्च जोखिम क्षेत्र मानिने विराटनगरमै सयौंको भीडमा गएर होली मनाउने मुख्यमन्त्रीको शैलीको चिकित्सक र सरकारी अधिकारीहरुले नै आलोचना गरेका छन्। ‘मुख्यमन्त्री आफैं होली खेल्दै हिँडेपछि जनतालाई कुन मुखले होली नखेल भन्ने?’, सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले आक्रोश पोखे, ‘आफैले सूचना गरेर सर्वसाधारणलाई भीड नगर्नु भन्नुपर्ने बेलामा मुख्यमन्त्रीले यसो गर्नु गलत छ।’

    कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना कहिल्यै नगरेको भन्दै सार्वजनिक आलोचनाको शिकार बन्दै आएका मुख्यमन्त्रीले वेपर्वाह रुपमा होली खेलेका हुन् । मुख्यमन्त्रीको यस्तो शैली गैरजिम्मेवार भएको भन्दै चिकित्सकहरुले दुःख व्यक्त गरेका छन् ।

    ‘गृह मन्त्रालयले भीड नगर्न सूचना गरेको छ, जिल्ला प्रशासनले अघिल्लै दिन त्यस्तै सूचना गरिसकेको छ’, विराटनगरस्थित कोशी अस्पतालका एक चिकित्सकले भने ‘तर, मुख्यमन्त्री चाहिँ आरामले होली खेल्न जानु आपत्तिजनक छ । प्रदेश सरकारको प्रमुख नै यति गैरजिम्मेवार हुने हो भने जिम्मेवार को हुन्छ ?’

    जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार नै सार्वजनिक स्थानमा भिडभाड नगर्न गर अटेर गरे संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । तर बुधबार उद्योगीसँग होली खेल्न पुगेका मुख्यमन्त्री राई बिहीबार विराटनगरका व्यापारीहरुको संगठन विराट व्यापार संघले आयोजना गरेको होली सुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भएका हुन् ।

    मुख्यमन्त्रीसँगै प्रदेश सरसकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत पनि होली खेल्न पुगेका थिए । संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोनको जोखिम बढेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन, भिडभाड नगरी घरभित्रै बसेर होली मनाउन आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया