• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    दोहोरो अंकले घट्यो सेयर बजार, व्यापार र होटलले भने कमाए

    279
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावगट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने बुधबार भन्दा सुधारियो ।

    समग्रमा बजार घटे पनि नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार, होटल तथा पर्यटन र लगानी समूहको सव इन्डेक्स भने बढेको छ । बिहीबार धेरै बढ्नेको शिर्ष स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड देखिएको छ । यसको सेयर मूल्य बिहीबार १० प्रतिशतले बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ ।

    बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २ हजार ५ सय ४८ दशमलव ९७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेसक्स पनि ५ दशमलव ५७ अंकले घटेको छ ।

    दिनभर भएका ७२ हजार ३३४ कारोबारबाट २०८ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३५७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

    ३ समूहले कमाए, अरुले गुमाए

    बिहीबार बजार घटे पनि होटल तथा पर्यटन समूहको सबइन्डेक्स ४ दशमलव ४५ प्रतिशत अर्थात १ सय ५४ दशमलव ०७ अंकले बढेको छ । दोस्रोमा व्यावार समूह ३ दशमलव ९४ प्रतिशत अर्थात १ सय ७४ दशमलव ८८ अंक र लगानी समूह १.४ प्रतिथशत अर्थात १.४३ अंकले बढेको छ ।

    घट्नेहरुको अग्रस्थानमा नै हाइड्रोपावर समूह देखिएको छ । जसको सबइन्डेक्स ४७ दशमलव २६ अंकले घटेको छ । घट्नेको अगाडि नै बैंकिङ समूह पनि देखिएको छ । यो समूह १.१५ प्रतिशतले घटेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ