• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    विश्‍वकप छनोट : फ्रान्स र युक्रेनबीच बराबरी, नेदरल्यान्ड्स टर्कीसँग पराजित

    356
    SHARES

    पेरिस । विश्वकप विजेता फ्रान्स सन् २०२२ को विश्वकप छनोटमा बुधबार युक्रेनसँग १–१ को बराबरीमा रोकिएको छ । फ्रान्सले खेलको १९औं मिनेटमा एन्टोन ग्रिजमनको गोलले अग्रता लिएको थियो । तर खेलको ५७औं मिनेटमा प्रिस्नेल किपेम्बेको आत्मघाती गोलमा युक्रेनले बराबरी गरेको हो ।

    नेदरल्यान्ड्स भने टर्कीसँग ४–२ ले स्तब्ध रह्यो । टर्कीका लागि बुराक यिलमजले ह्याट्रिक पनि गरे । अन्य खेलमा पोर्चुगलले अजरबैजानलाई १–०, सर्बियाले आयरल्यान्ड गणतन्त्रलाई ३–२, बेल्जियमले वेल्सलाई ३–१, चेक गणतन्त्रले इस्टोनियालाई ६–२, नर्वेले जिब्राल्टरलाई ३–०, रुसले माल्टालाई ३–१ र स्लोभेनियाले क्रोएसियालाई १–० ले हरायो ।

    यस्तै फिनल्यान्ड र बोस्निया हर्जगोभिनाले २–२ र साइप्रस र स्लोभाकियाले गोलरहित बराबरी खेले ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ