• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    अभिनेत्री कंगना जन्मदिनमा किन रोइन् ?

    352
    SHARES

    आज मंगलबार ३४ वर्ष पुगेकी कंगना रनावतले जन्मदिन पारेर उनको नयाँ फिल्म ‘थलायवी’को ट्रेलर सार्वजनिक भएको छ। राजनीतिज्ञ तथा फिल्म अभिनेत्री जयललिताको जीवनीमा आधारित फिल्म हो। जयललिता ६ पटक तमिलनाडुकी चिफ मिनस्टर बनेकी शक्तिशाली महिला हुन्।

    डिएनए इन्टरटेनमेन्टका अनुसार ट्रेलर सार्वजनिक कार्यक्रममा कंगनाले आफ्नो ‘बब्बर शेरनी’ छवि भत्काएकी छन्। ‘थलायवी’का निर्देशक विजयले आफ्नो क्षमतामा विश्वास गरेको भन्दै निर्देशकको प्रशंसा गर्ने क्रममा राेएकी छन्।

    आफू रोएको भिडियो ट्विटरमा पोस्ट गर्दै कंगनाले लेखेकी छन्, ‘म आफूलाई बब्बर शेरनी भन्छु किनकी म कहिल्यै रुन्न र अरुले मलाई रुवाउने मौका पनि दिन्न। थाहा छैन म कहिल्यै रोएकी थिएँ तर आज म रोएँ, रोएँ, र रोएँ। र, यसले निकै आनन्द दिएको छ, ह्यासट्याग थालवी ट्रेलर।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया