• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    शेरधनले बोलाए संसदीय दलको बैठक, माधव पक्ष नजाने

    414
    SHARES

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बुधबार ११ बजे प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्ताव र पछिल्लो राजननीतिक घटनाक्रममा छलफल हुने बताइएको छ ।

    प्रदेश १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तीमध्ये माधव नेपाल पक्षका १६ जना छन् । प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारीले बैठकमा सहभागी हुन सबै सांसदहरूलाई खबर गरिएको जानकारी दिए ।

    माधव नेपाल पक्षका प्रदेश सांसद राजेन्द्रकुमार राईले बैठकमा आफूहरू सहभागी नहुने बताए । उनले भने, ‘हामी सबैलाई बैठकका बारेमा जानकारी गराइएको छ । तर, साथीहरू जानुहुन्न ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया