• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादी केन्द्रले एकाएक किन गर्यो यस्तो निर्णय, अब के गर्छन ओली ?

    3.5K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ ।

    आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा अदालत जाने निर्णय गरेको हो ।

    माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरी यो निर्णयमा पुगेको हो । आजको बैठकले कानुन व्यवसायीको सुझाव अनुसार नै यही साता भित्र सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको नेतृ पम्फा भुसालले जानकारी दिइन ।

    माओवादी केन्द्रले सर्वोच्चको फैसलाका विषयमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतसँग छलफल गरेको थियो । उनीहरुले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए।

    उनीहरुले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाव दिएको नेता देव गुरुङले जानकारी दिए।

    सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा सर्वोच्चले निर्णय सुनाउने क्रममा नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको थियो। त्योसँगै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएको निर्णय पनि सुनाएको थियो।

    उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

    त्यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । आज विराटनगर पुगेका उनले कांग्रेस प्रतिपक्षमै रहने बताए । उनले अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने बताए ।

    सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

    उनले कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताए ।देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन् ।

    महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन् । ठाकुरको सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीसँग छलफलका लागि नेताहरुको टोली बालुवाटार गएको बताए ।

    सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपा नेपालले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन ।

    सो पार्टीले आफ्ना माग पूरा भए पछिमात्र सत्ता साझेदारीका लागि आवश्यक निर्णय लिने बताउँदै आएको छ । रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग अघि सारेको सो पार्टीले प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गर्दै आएको छ ।

    जसपा नेपालका नेताहरुले केहीदिन अघि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।

    सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएसँगै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा जसपा नेपालले एमालेसँग मिलेर सत्ता साझेदारी गर्ने वा काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने भन्ने दुवै विकल्पलाई अहिलेसम्म खुला राखेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ