• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

    4.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार भेटवार्ता भएको छ ।

    महासचिव विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। भेटमा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला किन भयो ? भनेर प्रश्न गरेका छन् ।

    नेकपा र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, हिरासत र कारागारमा रहेका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

    सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका छन् ।

    ३ बुदे सहमति भएर प्रतिबन्ध हटेको झन्डै १ महिना पुग्ने लागे पनि ओली सरकारले राजनीतिक बन्दिहरुलाई भने रिहा गरेको छैन । पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि महासचिव विप्लव शहिद परिवार तथा अपांग, घाइते योद्धा तथा पार्टीका नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ