• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादी केन्द्र परित्याग गरेसँगै भण्डारीले गठन गरे बेग्लै मोर्चा, को-को छन् सहभागी ?

    9.7K
    SHARES

    बिहीबार नेकपा माओवादी केन्द्र परित्याग गरेका प्रगतिशील लेखक बिष्णु भण्डारीले नयाँ मोर्चा गठन गरेका छन् ।

    बिहिबार फेसबुकमा स्ट्याटस लेख्दै पार्टी परित्यागको घोषणा गरेका फेसबुकमै शुक्रबार अर्को स्ट्याटस लेखेर उनीसहित ६ जना स्रष्टा–सर्जक सम्मिलित बेग्लै ‘समाजवादी लेखक संघ नेपाल’ गठन गरिएको जानकारी गराएका छन् । समाजवादी लेखक संघमा शकुन्तला जोशी, कला अनुरागी, शैलज पौडेल, केदार श्रेष्ठ र छम गुरुङ रहेको जनाइएको छ ।

    केही अघि मात्र पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न जनसांस्कृतिक महासंघ र लेखक संघका नेता–कार्यकर्ताको एक कार्यक्रममा भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष निकै कडा प्रश्नहरु तेर्स्याएको सार्वजनिक भइसकेको छ । एमालेसँग हुने भनिएको माओवादी केन्द्रको पार्टी एकताप्रति असहमति जनाउँदै भण्डारीले कडा प्रश्न राखेपछि अध्यक्ष प्रचण्डले पनि एकताप्रति असहत सबै नेता–कार्यकर्तालाई लक्ष्यित गरेर निकै कडा जवाफ फर्काएका थिए ।

    माओवादी केन्द्रमा सांस्कृतिक चिन्तक एवं बौद्धिक नेता ठानिने विश्वभक्त दुलाल ‘आहुति’ सहित प्रभावशाली नेता मानिँदै आएका गोपाल खम्बु, लोकेन्द्र विष्टलगायतले पनि एमालेसँगको एकता स्वीकार्न नसकिने स्पष्ट पारिसकेका छन् । विष्टले त पार्टी परित्याग नै गरिसकेका छन् । उनीहरुसँगै युवानेता बलराम तिमिल्सिना ‘विप्लव’, जागृत रायमाझीलगायतले पनि आफूहरु ‘एमाले बन्न नसक्ने’ स्पष्ट पारिसकेका छन् ।

    माओवादी केन्द्र एमालेमा बिलय हुने निश्चित भएपछि उनले पार्टी छोडेका हुन् । माओवादी केन्द्र आफ्नो सिद्धान्तबाट पछि हटेको भन्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्न नसक्ने नेता भण्डारीको निष्कर्ष छ ।

    उनले बिहिबार नै माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग भएको घोषणा गरेका हुन् ।

    ‘जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने अबसर मिल्यो । निकै नजिकबाट आन्दोलनलाई बुझ्ने र पढ्ने मौका पाइयो । कुरा सिद्धान्तको हो । सपनाको हो । मलाई माओवादीले उठाएका मुद्धा र विषयले आकर्षित गरेका थिए । विषय र वस्तुलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन् । माओवादी केन्द्रले समाज रूपान्तरणमा अहिलेसम्म जेजति भूमिका निभायो त्यसप्रति कसैले पनि असहमति जनाउनु पर्ने देख्दिन । अब भने उसले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्दैन भन्ने लागेको छ ।’ उनले लेखेका छन् ।

    उनले अगाडि लेखेका छन्- ‘गलत पनि हुन सकूँला । केही साथीलाई मैले लिएको निर्णय गलत लाग्न सक्ला । कसैलाई ठिक । जसलाई जस्तो लागे पनि अबका दिनमा माओवादी केन्द्रमा बसेर सँगै हिँड्न नसकिने निस्कर्षमा पुगेको छु । पार्टीबाट अलग हुँदा कसैलाई गालीगलौज गर्नुपर्ने पनि छैन । हिँजोसम्म हिरा आज किरा भन्नुपर्ने पनि छैन । यो बीचमा मलाई सहयोग गर्ने, सँगै मिलेर काम गर्ने साथीहरूलाई धन्यवाद दिँदै माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग्गिएको घोषणा गरेको गर्दछु ।’

    यो पनि पढ्नुहोस् 

    प्रचण्डलाई ठुलो झट्का, माओवादी केन्द्रका चर्चित नेता भण्डारीद्वारा पार्टी परित्याग (कारणसहित)

    प्रतिक्रिया