• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    किन आलियाको विवाह हुन दिँदैनन् महेश भट्ट ? बल्ल खुल्यो यस्तो रहस्य

    1.3K
    SHARES

    बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चा पछिल्लो समय धेरै हुने गरेको छ । उनीहरुले कहिले विवाह गर्दैछन् भनेर धेरै चासो पनि लिने गरेका छन् ।

    तर, एक अन्तरवार्तामा आलियाले आफ्ना पिता महेश भट्ट अहिले नै उनको विवाह गर्ने मनस्थितीमा नभएको बताएकी छन् । उनले पिताले आफूलाई छिट्टै टाढा बनाउन नचाहेको पनि बताएकी छन् ।

    उनले भनिन्, “मेरो बुवालाई मेरो धेरै नै चिन्ता छ । उहाँको चाहाना त मेरो विवाह नै नहोस् भन्ने हो ।” उनले आफ्ना पिताले विवाहको कुरा गर्दा आफूलाई बाथरुममा बन्द गर्ने धम्की दिने गरेको पनि सुनाइन् ।

    उनले भनिन्, “विवाहको कुरा गर्दा बुवाले मलाई बाथरुममा थुनिदिने धम्की दिनुहुन्छ । तर आफ्नो नजरबाट गराउन नचाहाने बताउँनुहुन्छ ।” पिताले छोरी टाढा हुने डरले विवाह गर्न नदिएको आलियाले अगाडि खुलाइन् ।

    यस्तै फिल्म समिक्षक तथा अभिनेता के आर के खानले अभिनेता अक्षय कुमारको विरोध गर्दै ट्विटर गरेका छन् । उनले शनिबार बिहान ट्विट गर्दै अक्षय कुमारलाई प्रोड्युसरहरुले टाउकोमा टेकाएर राखेको भन्दै विरोध गरेका हुन् ।

    उनले लेखेका छन्, “अक्षय कुमार हरेक महिना नयाँ फिल्ममा काम गरिरहेका छन् । हप्ताका सातै दिन २४ घण्टा सुटिगंमा व्यस्त छन् । किनकी उनलाई थाहा छ अबको २ वा ३ वर्षपछि उनी पैसा कमाउन योग्य रहँदैनन् । अक्षयका फिल्म किन्ने कोही भेटिँदैनन् । उनको सूर्यवंशी र बेलबटम जस्ता फिल्महरु रिलीज हुने छैनन् ।”

    उनले निर्माताहरुलाई मुर्ख समेत भनेका छन् । उनले लेखेका छन्, “मुर्ख निर्माताहरु उनलाई १२५ करोड दिइरहेका छन् ।” अक्षयको फिल्म सूर्यवंशी यही अप्रिल ३० मा रिलीज गरिने निर्माताहरुले बताएका छन् । भने उनका ‘बेलबटम’, ‘रक्षाबन्धन’ र ‘अतरंगी’ जस्ता फिल्महरु पनि २०२१ मा नै रिलीज हुने तयारीमा छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया