• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    देशै हल्लिनेगरी फेरि गयो ६.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, कहाँ हो केन्द्रबिन्दु ?

    2.6K
    SHARES

    एजेन्सी । चीनको तिब्बतमा भूकम्पकको धक्का महशुश गरिएको छ । शुक्रबार ६ः१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २:४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको थियो । उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

    यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ ।

    कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ५२ हजार ४७० जनाको मृत्यु भएको छ ।

    यसैगरी ब्राजिलमा २ लाख ८७ हजार ७९५ जना, भारतमा १ लाख ५९ हजार ४०५ जना, रूसमा ९३ हजार ८२४ जना, बेलायतमा १ लाख २५ हजार ९२६ जना, फ्रान्समा ९१ हजार ६७९ जना, इटालीमा १लाख ३ हजार ८५५ जनाको मृत्यु भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड २३ लाख ५७ हजार ४७४ पुगेको छ ।

    होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १० लाख ४ हजार ४६५ छ । यसमध्ये ८९ हजार १४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    त्यस्तै यता कोरोना भाइरसको तेस्रो लहर शुरू भएपछि फ्रान्सको राजधानी पेरिससहित विभिन्न १५ शहरमा फेरि लकडाउन घोषणा गरिएको छ । शुक्रबार मध्यरातबाट घोषणा गरिएको लकडाउन एक महिनासम्म जारी रहने फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले जनाएका छन् ।

    यद्यपि यो लकडाउनमा पहिलेको जस्तो कडा नहुने अधिकारीहरूले प्रष्ट पारेका छन् । नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन् । तर विद्यालय भने खुला हुने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले बताएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ