• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लहानमा शक्तिशाली ब’म विस्फोटलगत्तै गोइतले दिए फेरि अर्को कडा चेतावानी

    1.7K
    SHARES

    काठमाडौं । तराई मधेशमा लामो समयसम्म सशस्त्र संघर्ष गर्दैै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लहानमा आइतबार गराएको विस्फोटपछि अझै उच्चस्तरको कारवाही गर्ने चेतावनी दिएको छ ।

    विगत १५ वर्षदेखि तराई मधेशमा आन्दोलन गरिरहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले आफ्नो प्रभाव देखाउनकै लागि लहानमा आइतबार विस्फोट गराएको प्र’स्ट पारेको छ ।

    माओवादी शान्ति प्रकृयामा आएपछि जयकृष्ण गोइतले सशस्त्र संघर्ष सुरु गरेका थिए । उनको संगठनबाट थुप्रै व्यक्तिहरु अलग भएर आ–आफ्नो संगठन बनाएर केही समय क्रियाशील रहे भने उनीहरुमध्ये सबैजसो सरकारसँग वार्ता गरेर सशस्त्र संघर्ष त्यागिसकेका छन् । तर गोइत अझै भूमिगत भएर सशस्त्र आन्दोलन गरिरहेका छन् ।

    आइतबार लहानमा भएको वि’स्फोटपछि विज्ञप्ति जारी गर्दै गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको दर्जामा राखेको जनाएका छन् । तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा कारवाहीस्वरुप प्रेसर कुकर बम विष्फोट गराएको उनले उल्लेख गरेका छन् ।

    भ्रष्टाचार (अपराध) जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारवाही हुने उनले चेतावनी दिएका छन् । ‘सुगौली सन्धिद्वारा तराई नेपाली शासनबाट मुक्त भएको इतिहासको एउटा महत्वपूर्ण अध्याय हो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो आपत्तिलाई बेवास्ता गर्दै नेपालद्वारा सुगौली सन्धिको आधारमा सीमा निर्धारित गरी हालै प्रकाशित गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सामा हाम्रो स्वतन्त्र तराई राष्ट्र, मेचीदेखि महाकालीसम्म र महाभारत पर्वत श्रृंखलादेखि भारतको सीमानासम्मको भू–भागलाई समावेश गरिएको छ ।’

    यस्तै ब’म वि’स्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। उनको थप उपचारको लागि नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शालीग्राम शर्माले जानकारी दिए।

    उनको काठमाडौंको कुन अस्पतालमा उपचार गराउन लागेको भन्नेबारे नखुलेको डिएसपीले बताए। दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।

    उनी धनगढीमाई नगरपालिका-१३का स्थानीय हुन्। कार्यालयमा जाँदा बिस्फोटमा परी उनी घाइते भएका थिए। अन्यको सिरहाकै एक अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जना कर्मचारी पनि छन्। अन्य भने सेवाग्राही हुन्।

    घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ