• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    २० मिनेटमै बिक्यो ६८ करोडको डिजिटल कलाकृति

    670
    SHARES

    काठमाडौँ । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ रुपैयाँमा बिक्री भएको छ ।

    मस्ककी प्रेमिका सिंगर ग्रिम्सले हालै आफ्नो डिजिटल कला संग्रहको लिलामी गरेकी हुन् । अनलाइनमा भएको उक्त लिलामीमा उनका डिजिटल कलाकृति झण्डै ६८ करोड रुपैयाँ बराबरको मूल्यमा २० मिनेटमै बिक्री भए ।

    आफ्नो डिटिजल आर्ट कलेक्सनलाई ग्रिम्सले वारनिम्फ नामाकरण गरेकी थिइन् । त्यसमध्ये एउटा चित्रमा परी बच्चाले कसरी मंगल ग्रहको रक्षा गरिरहेको छ ? भन्ने देखाइएको छ । सबै कलाकृतिहरु नन फंगिबल टोकन्सको रुपमा बेचिएको हो ।

    ग्रिम्स आफैले ट्वीटर मार्फत् जानकारी गराउँदै आफ्ना १० वटा कलाकृतिहरु ५८ लाख डलरमा बिक्री भएको खुलासा गरेकी छिन् । त्यसमध्ये परी बच्चाले मंगल ग्रहको रक्षा गरिरहेको छ तस्वीर आकर्षणको केन्द्र बन्यो र १० मिनेटमै ३ लाख डलरमा बिक्री भयो । न्यु बर्न टू शीर्षकको चित्र २५ लाख डलरमा बिक्यो ।

    गायिका समेत रहेकी ग्रिम्सले आफ्नो क्रिप्टो डिजिटल कलाकृतिहरु ४८ घण्टाभित्रमा बिक्री हुने अपेक्षासहित लिलामीमा राखेकी थिइन् । लिलामीबाट उठेको रकमको केही हिस्सा हरितगृह ग्याँस उत्सर्जन कटौति सम्बन्धमा काम गर्ने संस्थालाई दान गर्ने ग्रिम्सको योजना छ । एजेन्सी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया