काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता हरिबहादुर चन्दको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको २ दिन नबित्दै उता धनकुटामा पनि एक नेताको घरमा पक्राउ पुर्जी टाँसिएको छ ।
जिल्ला अदालत मोरङले फागुन ३ गते जारी गरेको पक्राउ पुर्जी प्रहरीले शुक्रबार नेकपा नेता नबिनको घरमा टाँसेको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुंदे सहमति भएपछि पनि प्रहरीले सो पार्टी नेता कार्यकर्ताहरुको घरमा प्रहरीले पक्राउ पुर्जी टाँस्न थालेको छ ।
उक्त पुर्जीमा नाबिनलाई ७ दिनभित्र अदालतमा उपस्थित गराउन भनिएको छ । ”छव बहादुर श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई समेत रहेको अपहरण र कर्तव्य ज्यान मुद्दा मिति २०७७/ ११/ ०३ मा यस अदालतमा दायर भएकोले अनुपस्थित देहायका प्रतिवादीलाई पक्राउ गरी ल्याउन यो सात (७) दिने पक्राउ पुर्जी जारी गरिएको छ ।” पुर्जीमा भनिएको छ ।
तर ७ दिनभित्र उपस्थित गराउन नसके खोजतलास गरी ३५ दिनभित्र समातेर ल्याउन पुर्जीमा उल्लेख छ । पुर्जीमा अगाडि भनिएको छ- ”पक्राउ पुर्जीमा उल्लेखित अवधिभित्र निज प्रतिवादीलाई यस अदालतमा उपस्थित गराउनु होला । सो अवाधिभित्र निज पक्राउ भै नआएमा यसैसाथ् संग्लन रहेको पैतिस (३५) दिने पक्राउ पुर्जी तामेल गरि तदारुकताका साथ् खोजतलास गर्दै रही निजलाई पक्राउ गरी यस अदालतमा उपस्थित गराउनु होला ।”
गत २१ गते मात्रै सरकार र नेकपाबीच प्रतिबन्ध फुकुवा गर्ने, जेल तथा हिरासतमा रहेका सबै नेता कार्यकरतलाई रिहा गर्ने र सबै मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया