• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विप्लवको पछि लाग्न प्रचण्ड तयार, राखे यस्तो प्रस्ताव, हेर्नुहोस बिस्तृतमा

    1.2K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग आफू पछि लाग्न तयार रहेको वताएका छन् । काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताएका हुन् ।

    ‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, तपाईहरुले जित्नुभयो भने म तापाईका पछि लाग्छु ।’ आफू शान्ति प्रक्रियामा आएपछि जनयुद्धका कतिपय मुद्धा सम्बोधन भएको भन्दै त्यसलाई उपलब्धी नै भएन भन्नु ठीक नहुने प्रचण्डले बताए ।

    ‘भएको उपलब्धीलाई केही होइन भनेर एक्लै बसेर मात्र हुन्छ ?’ प्रचण्डले प्रश्न गरे ‘हुन्छ भने शास्त्रार्थमा प्रेस गरौं, १०÷१५ दिन कति लाग्छ शास्त्रार्थ गरेर बसौं, निश्कर्ष निकालौं । वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न म तयार छु ।’

    प्रचण्डले अघि भने ‘मेरो विचारमा म लडिरहेको छु, तपाईको विचारमा तपाई लडिरहनुभएको छ । साँच्चै को लडेको हो शास्त्रार्थबाट निश्कर्ष निकालौं । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौं ।’

    अहिले जनयुद्धको उपलब्धी ध्वस्त पार्ने प्रयास भएको भन्दै प्रचण्डले त्यसविरुद्ध फेरि शान्तिपूर्ण युद्ध लड्नुपर्ने अवस्था आएको बताए । ‘शान्तिपूर्ण ढंगले जनविद्रोह नेपालमा मात्र सम्भव छ’ उनले भने ।

    यस्तै यता जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नभएको बताएका छन् ।

    जसपाका अन्य नेता सत्ता समीकरणका लागि दौडधूप गरिरहेका बेला भट्टराईले यस्तो बताएका हुन् । बिहीवार राति उनले ट्वीट गर्दै देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको प्रतिक्रिया दिएका छन् ।

    ‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’

    यता आजै जसपाका शीर्ष नेताहरूसँग नेकपा एमालले सत्ता समीकरणका लागि वार्ता गर्दैछ । बिहीवार बसेको एमाले र जसपाको वार्ता सकारात्मक भएको बताइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ