• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपाका नेता चन्दको घरमा पक्राउ पुर्जी, परिवार भन्छ- प्रहरीले सहमति उलंघन गर्यो

    1.9K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता हरिबहादुर चन्दको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । सर्वोच्च अदालतका आदेशमा फागुन ६ गते रिहा भएको नेता चन्दलाई गिरफ्तार गर्न ललितपुर जिल्ला अदालतले फागुन ७ जारी गरेको पक्राउ पुर्जी चन्दको घरम प्रहरीले टाँसेको छ ।

    सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सहमति भएपछि प्रहरीले बुधबार (फागुन २६ गते) अछामको पञ्चदेवल विनायक नगरपालिका –५ स्थित चन्दको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको हो ।

    नेता चन्द ६ गते सर्वोच्च अदालतको आदेशमा रिहाई भएका थिए तर पक्राउ पुर्जीमा ७ दिनभित्र उपस्थित नभएको भन्दै ३५ दिने पुर्जी जारी गरिएको उल्लेख छ । सर्वोच्च अदालतेले गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै रिहाईको आदेश दिएको थियो ।

    “प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी तपाई भएको ‘अभद्र व्यवहार’ मुद्धामा तपाईका नाममा यस अदालतबाट मिति २०७७।११।७ मा ७ दिने पक्राउ पुर्जी जारी भएकोमा उक्त पक्राउ पुर्जी बमोजिम पक्राउ परी नआएको हुँदा यो ३५ दिने पक्राउ पुर्जी जारी गरिएको । यो पक्राउ पुर्जीमा उल्लेखित अवधिभित्र अविलम्ब यस अदालतमा उपस्थित हुनु होला । उक्त अवधिभित्र उपस्थित नभई फरार रहेमा मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को दफा ६५ बमोजिम हुनेछ” पक्राउ पुर्जीमा भनिएको छ ।

    फागुन ७ गते चन्दलाई ७ दिने पक्राउ पुर्जी जारी भएको र उपस्थित नभएको भन्दै ३५ दिने पुर्जी जारी गरिएको बताइएको छ । अदालतले चन्दलाई प्रवृत भावनाले बदनियत राखी कानूनी प्रक्रिया पूरा नगरी पक्राउ गरेको भन्दै गैरकानूनी थुनाबाट तुरुन्त छाड्न आदेश दिएको थियो ।

    सरकार नेकपाबीच तीन बुँदे सहमतिका विरुद्धमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको नेता चन्दका परिवारले बताएका छन् । नेताले चन्दले समेत सहमतिअनुसार सबै बन्दी रिहाईको प्रक्रिया रहेको र थप नेता कार्यकर्ता गिरफ्तार नगर्ने भनिए पनि प्रहरीले घरमै गएर पक्राउ पुर्जी टाँसकोप्रति आपत्ति जनाउँदै सहमतिको उलंघन हुने आशंका बढाएको बताए ।

    “हाम्रो पार्टी सरकारबीच तीन बुँदे सहमति भएर सबै साथीहरु रिहाईको पक्रियामा हुनुहुन्छ तर प्रहरीले पुरानो मितिको पक्राउ पुर्जी मेरो घरमा टाँसेको छ । यसले सहमतिको कार्यान्वयन हुनेमा आशंका बढाएको छ” चन्दले भने । यस्तो छ आदेश

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ