• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    म्यानमारमा प्रदर्शनकारीमाथि गो’ली बर्साउने सेनालाई ननले भनिन्, ‘सुरुमा मलाई गो’ली हान’ सैनिकले हात जोडेर घुँडा टेके

    1.1K
    SHARES

    एजेन्सी । म्यानमारमा सैन्य कू विरुद्ध चलिरहेको विरोधलाई दबाउनका लागि सैनिक लगातार गो’ली बर्साइरहेका छन् । हालसम्म ६८ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यहाँ मंगलबार विरोधको एउटा शक्तिशाली तस्बिर सार्वजनिक भएको छ ।

    काचिनको मायित्किनामा गोली बर्साइरहेका सैनिकको अगाडि नन एन रोज नू तावंग उभिइन् । उनले सैनिकको अगाडि उभिएर भनिन्, ‘बच्चा, महिला, प्रदर्शनकारीमाथि गोली चलाउन बन्द गर्नुहोस् । सबैभन्दा पहिला मलाई गोली चलाउ… । म त्यतिबेलासम्म हट्ने छैन जबसम्म तपाईं यहाँबाट जानुहुन्न वा मेरो मृत्यु हुनेछैन ।’

    नन रोजको व्यवहार देखेर सैनिकले बन्दुक तल राखेर आफ्नो हात जोडे र घुँडा टेके । पछि अधिकारीले ननलाई अब थप हिं’सा नहुने विश्वास दिलाएपछि नन रोज त्यहाँबाट हटिन् ।

    मानिसहरु कर्फ्यू तोडेर बाहिर निस्किए, ५ मिडिया संस्थानको लाइसेन्स रद्दः

    हिरातमा लिइएका २ सय विद्यार्थीको समर्थनमा म्यानमारको सबैभन्दा ठूलो शहर यांगूनमा मंगलबार पनि प्रदर्शन भयो । मानिसहरुले करफ्यूको उल्लंघन गरे । यो प्रदर्शनको समाचार प्रकाशित गरेको भन्दै सैन्य सरकारले देशका पाँच मिडिया संस्थानको लाइसेन्स रद्द गरिदिएको छ ।

    सेनाले चुनाव नतिजा मान्न अस्विकार गर्यो:

    म्यानमारमा सैन्य कू लगत्तै मानिसहरुले सैन्य शासनविरुद्ध प्रदर्शन सुरु गरेका छन् । हरेक पटक सुरक्षाबलले प्रदर्शनकारीमाथि क’ठोर कदम उठाउँदै आएको छ । सत्ता सम्हालिरहेका सेनाले लोकतन्त्रको समर्थकमाथि कडा कदम उठाउन भनेको छ । देशकी सर्वोच्च नेता आङ सान सूकीलाई पक्राउ गरिएको छ । त्यस लगत्तैदेखि म्यानमारमा प्रदर्शन तीब्र रुपमा अघि बढिरहेको छ । नोभेम्बरमा भएको चुनावमा सूकीको पार्टीले जीत हासिल गरेको थियो तर सेनाले धाँधलीको कुरा गर्दै परिणाम स्विकार गर्न अस्विकार गरेको थियो ।

    स्थितिबारे जानकारी दिँदै रोएका थिए राजदूत, सेनाले बर्खास्त गरिदियोः

    यूनाइटेड नेशनमा म्यानमारका राजदूत क्या मो तुनको यो घटनाबारे जानकारी दिँदै गर्दा आँसु झरेको थियो । तुनले यूएनसाग म्यानमारको सैन्य शासनविरुद्ध कडा कारवाही गरियोस् र लोकतान्त्रिक व्यवस्थाको तत्काल बहाली गरिदिन माग गरेका थिए । म्यानमारको सैन्य शासनले यूएनमा सेनाविरुद्ध आवाज उठाउने आफ्नो राजदूतलाई पदबाट बर्खास्त गरिदिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ