• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रतिबन्ध फुकुवापछि पहिलो पटक बोल्दै धर्मेन्द्र बास्तोलाले भने- देशको मुक्तिका लागि गोली खान तयार छौं

    635
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले महिला संगठनको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन सभामा आफ्नो मन्तब्य राख्दै देश र जनताको मुक्तिका लागि आफुहरु छातिमा गोली थाप्न तयार भएको बताएका छन् ।

    पार्टी कामको शिलशिलामा दुई महिना पहिला ललितपुरको एक गाउँबाट गिरफ्तार परेर प्रहरी हिरासत बसेर हालै पार्टीमाथिको प्रतिबन्ध फुकुवापछि पहिलो पटक सार्बजनिक काय्रक्रममा बोल्दै यस्तो बताएका छन् ।

    उनले मन्तब्य राख्दै आफ्नो दुई महिने हिरासत बसाईको अनुभब समेत सुनाएका छन् । सम्बोधनका क्रममा धर्मेन्द्रले अमेरिकामा कालाजातिका युवाहरुलाई बिना कारण जेलमा रखिएको घटना स्मरण गराउदै अहिले नेपालमा पनि अधिकांस युवाहरु चोरी डकैति र लागुऔसध दुर्ब्यशनीका मुद्दामा जेल परेको बताएका छन् ।

    मन्तव्यका राख्दै बास्तोलाले आफुलाई पुर्व लैजादा प्रहरीले गाडीमा आफुसँग पोखेको गुनासो समेत सुनाउदै नेपालमा क्रान्ति जरुरी भएको बताएका छन् । नेपालमा २ करोड २७ लाख युवाहरु रहेको र ति मध्ये जम्मा ६ लाख मात्र रोजगार र श्रम गर्ने भएका र बाकि सारा युवाहरु बेरोजगार भएका कारण देशमा यो समस्या समाधनका लागि आफ्नो पार्टीले क्रान्तिको झण्डा उठाएको बताएका छन् ।

    यस्तै उनले यी युवाहरुको समस्या समाधान गर्न यो देशको गरिवि र बेरोजगारीको समस्या समाधानका लागि सत्ताले आफ्नो छातिमा गोली हानेर सारा समस्या समाधान हुन्छ भने गोली खान तयार रहेको रहेको बताएका छन् ।

    यस्तै वार्ताका बारेमा बोल्दै बास्तोलाले ३ बुँदे सहमतिमा शान्तिपूर्ण तरिकाले नेपालको शान्ति र सम्वृद्धिका लागि छलफलको माध्यमद्वारा अगाडी बढ्ने भनिएको छ । यी बुँदाको पालन नभएको खण्डमा त्यसका लागि आफुहरु भने निरन्तर लड्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ