• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    सार्वजनिक भएपछि पहिलो पटक विप्लवको दमदार मन्तव्य, प्रचण्डदेखि ओलीसम्मलाई यस्तो भने

    1.7K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले महिला संगठनको ७ औं राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै बिदेशीको दास भएर, अन्याय सहेर बाच्नु भन्दा लडेर मर्नु हजार गुणा ठिक हुने बताएका छन्। सम्मेलनको उद्घाटन गर्दै मन्तब्य राखेका महासचिव विप्लवले श्रमिक जनताको मुक्तिका लागि निरन्तर लड्न आम युवा युवतीहरुलाई आव्हान गरेका छन् ।

    सम्बोधन गर्दै विप्लवले सत्य र न्यायको पक्षमा लड्नुको साटो प्रचण्ड-बाबुरामले एक समय लडेर पनि बाटो बिराएको बताएका छन् । सहिद परिवार, बेपत्ता परिवार, किसान मजदुर र आम जनताले न्याय नपाउदै उनीहरुले बाटो बिराएको भन्दै आक्रोस ब्यक्त गरेका छन्। कुनै बेला प्रचण्डले बोल्दा देश हल्लिने अवस्था भएको कुरा स्मरण गर्दै विप्लवले आफ्नो बर्ग र किसान मजदुरलाई छोड्ने र शहिद बेपत्तालाई छोडेर माधब नेपालहरुलाई काखी च्याप्ने गरेपछि प्रचण्डको कुरा कसैले नपत्याउने अबस्था आएको बताएका छन् ।

    आफ्नो वर्ग छोडेर सत्ता र स्वार्थको लडाईमा लागेका प्रचण्ड-बाबुरामहरु नेपाली क्रान्तिका गद्दार र धोकेबाज भएको बताएका छन् । उनीहरु अहिले पनि आफ्नो गुट र आफ्नाहरुका लागि मात्र लुछाचुडी गरिरहेको भन्दै यस्ता धोकेवाजहरुलाई गाउँ पस्न नदिन जनतालाई आव्हान गरेका छन् । आफुहरुले हिजो त्यहि कुरा उठाउँदा पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै विप्लवले ओली-प्रचण्डहरुले आफुहरुलाई प्रतिबन्धित गरेर भ्रष्टाचारी र कमिशनखोरीलाइ संरक्षण गरेको बताएका छन् ।

    आफुहरुले किसानहरुलाई सस्तोमा वा निशुल्क ऋण देउ, बेरोजगारहरुलाई रोजगार देउ भनेकै भरमा नेकपाले बन्दुक उठाउन खोजेको भनेर बन्दुकको भरमा आफुहरुमाथि दमन गरिएको र प्रतिबन्ध लगाइएको भन्दै विप्लवले राज्यको अर्बौ रुपैया पचाएर बसेको (कर नतिरेको) एनसेलका बिरुद्ध आफुहरुले गरेको संघर्ष नेपाली जनता र देशको हितमा भएको भन्दै एनसेलमाथि कारवाही गरेको निहुँमा प्रतिबन्ध लगाउने ओली र प्रचण्डहरु दुवै राष्ट्रघाती र जनघाती भएको बताएका छन् ।

    ब्यारेकमा रहेको जनमुक्ति सेनाको पैसा भ्रस्टाचार गरेको, हरेक सदस्यबाट ५ हजार पैसा काटेर क्रान्तिका लागि देउ भनेर १९ अरब आफै खाएको भन्दै प्रचण्ड बिरुद्ध आक्रोशित बनेका विप्लवले जनयुद्धका शहिद परिवार, बेपत्ता परिवार, र जनताले एक एक हिसाबकिताब गर्ने बताएका छन् । अहिले नेकपा र सरकारबीच भएको वार्तापछि उत्पन्न फरक अवस्थापछि जनतामा आफुहरुलाई पनि प्रचण्डहरु जस्तै हुने हुन् कि भन्ने आशंका रहेको भन्दै आफुहरु बरु मर्न तयार हुने तर प्रचण्डको बाटोमा कदापी नजाने प्रतिबद्दता जाहेर गरेका छन् ।

    आफ्नो पार्टीले अहिलेसम्म नेपाली सेना र नेपाल प्रहरीमाथि निशाना नलगाएको भन्दै आफ्नो लडाई राज्यका बिरुद्धमा भएको बताएका छन् । देशको खराब सिस्टमका बिरुद्ध, देशमा व्याप्त भ्रस्टाचार र दलालीकरणका बिरुद्ध आफुहरु निरन्तर लड्ने बताएका छन्। अहिलेको वार्ता प्रक्रियामा हतियार नबुझाएको प्रश्न उठेको तिर इंगित गर्दै विप्लवले सिधा नभने पनि आफुहरुसँग हतिया नभएको तर आवस्यक परे जति सुकै बेला हतियार उठ्ने बताएका छन् । प्रचण्ड-बाबुरामले हतियार बुझाएको भए पनि आफुहरुको दिमाखमै न्यायका लागि लड्ने हतियार भएका कारण उक्त हतियार भने कसैले खोस्न नसक्ने बताएका छन् ।

    ओली सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउदा सेना, प्रहरी, कर्मचारी सबैले प्रतिबन्ध लगाउनु बेठिक छ भनेर प्रतिबाद गरेको बताएका छन् । आफुले राजनीतिक एजेण्डा राख्दा ओली सरकारले बन्दुक उठाएको भनेर प्रतिबन्ध लगाएको भन्दै अझै पनि बन्दुक देखाएर जनताको पार्टीलाई हेप्न खोजे फेरी पनि लडेर त्यस्ता तत्वलाई ठेगान लगाईदिने बताएका छन् ।

    यस्तै उनले केपी ओलीले यो देशमा कोही भोकै र बेरोजगार बस्न नपर्ने भन्दा मान्छेहरु हास्ने अबस्था आएको भन्दै तर आफ्नो पार्टीमा लाग्ने कोही पनि युवाहरु भोकै बस्न नपर्ने बताएका छन् । सत्तामा गएर मात्र देश बिकास हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै आफुहरुले पार्टीको पहलमा मात्र पनि देशमा कोही पनि भोकै र नाङ्गै बस्न नपर्ने अबस्था सिर्जना गर्न सक्ने बताएका छन् ।

    अहिलेको वार्तामा आफुहरुले हतियार नदेखाएको भनेर कता कता कुरा उठेको प्रसङ्ग कोट्याउदै विप्लवले आफुहरुसँग अरुले भने जस्तो हतियार नभएको बताएका छन् । अहिले राजनीतिकमा नया ढंगले सोच्नुपर्ने बेला आएको र आफुहरुले हजारौ हजार जनताको सहभागितामा ठुला-ठुला सभा गरेर आफ्ना कुराहरु राख्ने र अहिलेको दलाल संसदीय व्यवस्थाका बिरुद्ध जन परिचालन गर्ने बताएका छन् ।

    यो दलाल संसदीय व्यवस्थाले जनयुद्ध लडेका प्रचण्ड-बाबुरामलाई समेत उस्तै दलाल बनाएको र उनीहरु अहिले जनयुद्ध समेत गलत थियो भन्ने स्तरको बिचलानमा पुगेको भन्दै यो व्यवस्था फेर्नुपर्छ भनेर आफुहरुले देशका आम नागरिकलाई आव्हान गरेको बताएका छन् । अहिलेको दलाल संसदीय व्यवस्था फालेर नेपालमा बैज्ञानिक समाजवाद स्थापना गर्न जनमत संग्रह गर्ने माग अगाडी सारेको बताएका विप्लवले उक्त आह्वान गर्न पाउनुपर्ने भनाई राखेका छन् ।

    आफुहरु चुनावको बिरोधी नभएको बताउदै विप्लवले अब व्यक्तिहरु चुन्ने नभएर अहिलेको दलाल संसदीय व्यवस्था ठिक कि बैज्ञानिक व्यवस्था ठिक भनेर व्यवस्था फेर्ने चुनाव हुने अबस्थामा त्यस खालको चुनावमा भाग लिन आफ्नो पार्टी तयार भएको बताएका छन् । अहिले सरकार र आफ्नो पार्टीबीच भएको समहती अग्रगामी भएको बताउदै देशको स्थिरता र शान्तिका लागि गरिएको समहतिको बिरुद्धमा बाहिर छरिएका कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ