• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    सार्वजनिक भएपछि विप्लवको पहिलो सम्बोधन LIVE

    761
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सार्वजनिक भएपछि पहिलो पटक खुला सभालाई सम्बोधन गरेका छन्। पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मलेनलाई महासचिव विप्लवले सम्बोधन गरिरहेका छन् ।

    नेकपाले १११ औँ श्रमिक महिला दिवसको अवसरमा आफ्नो पार्टीको महिला संगठनको सातौँ राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनको महासचिव विप्लवले उद्घाटन गरेका छन् ।

    उद्घाटन सभामा विप्लवले सम्बोधन गर्नुअघि पार्टीका विभिन्न जन बर्गीय संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका छन् । जवसका नेताहरुका साथै पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पनि मन्तब्य राखेका छन् । उनले मन्तब्य राख्दै आफ्नो दुई महिने हिरासत बसाईको अनुभब समेत सुनाएका छन् ।

    सम्बोधनका क्रममा धर्मेन्द्रले अमेरिकामा कालाजातिका युवाहरुलाई बिना कारण जेलमा रखिएको घटना स्मरण गराउदै अहिले नेपालमा पनि अधिकांस युवाहरु चोरी डकैति र लागुऔसध दुर्ब्यशनीका मुद्दामा जेल परेको बताएका छन् ।

    मन्तव्यका राख्दै बास्तोलाले आफुलाई पुर्व लैजादा प्रहरीले गाडीमा आफुसँग पोखेको गुनासो समेत सुनाउदै नेपालमा क्रान्ति जरुरी भएको बताएका छन् । नेपालमा २ करोड २७ लाख युवाहरु रहेको र ति मध्ये जम्मा ६ लाख मात्र रोजगार र श्रम गर्ने भएका र बाकि सारा युवाहरु बेरोजगार भएका कारण देशमा यो समस्या समाधनका लागि आफ्नो पार्टीले क्रान्तिको झण्डा उठाएको बताएका छन् ।

    यस्तै उनले यी युवाहरुको समस्या समाधान गर्न यो देशको गरिवि र बेरोजगारीको समस्या समाधानका लागि सत्ताले आफ्नो छातिमा गोली हानेर सारा समस्या समाधान हुन्छ भने गोली खान तयार रहेको रहेको बताएका छन् ।

    यस्तै वार्ताका बारेमा बोल्दै बास्तोलाले ३ बुँदे सहमतिमा शान्तिपूर्ण तरिकाले नेपालको शान्ति र सम्वृद्धिका लागि छलफलको माध्यमद्वारा अगाडी बढ्ने भनिएको छ । यी बुँदाको पालन नभएको खण्डमा त्यसका लागि आफुहरु भने निरन्तर लड्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया