• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    विप्लवद्वारा १११ औँ श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त, विज्ञप्तिसहित

    683
    SHARES

    काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ ले  १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवससरमा सुभकामना व्यक्त गरेका छन् । महिलामाथिका सबै किसिमका विभेद, दमन, हिं’सा र असमानता विरुद्धको संघर्षमा ऐक्यवद्धतासहित शुभकामना व्यक्त गरेका हुन्।

    महासचिव विप्लवले सोमबार एक  शुभकामना वक्तव्यमार्फत क्रान्तिकारी महिला आन्दोलनको गौरवपूर्ण विगतबाट उर्जा र शिक्षा लिँदै वर्तमान परिवर्तित विश्व परिस्थितिलाई दृष्टिगत र आत्मसाथ गर्दै नयाँ ढंगबाट महिला आन्दोलनको विकास गरेर नै श्रमिक महिला आन्दोलनले आफ्नो लक्ष्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

    उनले बला’त्कार जस्ता जघन्य अपराध र हिं’साहरु झनै बढिरहेकाले महिलामाथि हुने विभेद, शोषण, उत्पीडन, असमानता र दमन तथा त्यसका विरुद्ध संघर्ष र मुक्तिको सवाल केवल महिलाको मात्र सरोकारको विषय नभएर यो पुरुषसहित सम्पूर्ण सचेत नागरिकहरुको साझा सरोकार र दायित्वको विषय भएको र सबै किसिमका अन्याय, विभेद, असमानता, दमन र हिं’साविरुद्ध संघर्ष र पूर्ण मुक्तिका लागि कानुनी संघर्ष, सामाजिक जागरण र राजनीतिक संघर्षलाई समायोजन गर्दै त्यसको अग्रमोर्चामा महिलाहरु साथमा पुरुषसहित सबै तहका सम्पूर्ण नागरिकहरुको साथ, सहभागिता र सहयोगमा अघि बढाउन जरुरी रहेको भनेका छन् ।

    महासचिव विप्लवले शुभकामना वक्तव्यमा भनेका छन्, ‘विश्वभरिका श्रमजीवि महिलाहरुको ऐतिहासिक संघर्षको पर्याय र प्रेरणाश्रोत बनिरहेको महान् दिवस १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलामाथिका सबै किसिमका विभेद, दमन, हिंसा र असमानता विरुद्धको संघर्षमा ऐक्यवद्धतासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ । २० औँ सताव्दीमा संसार झकझकाउँने महिला आन्दोलनको परिणाम महिलाहरुका पक्षमा विभिन्न अधिकारहरु स्थापित गर्न सफल रहे पनि आज २१ औँ सताव्दीमा समेत महिलाहरुमाथि अनेकौँ उत्पीडन, दमन, हिं’सा र असमानताहरु कायमै छन् । असमानताका विरुद्ध संसारभर विभिन्न स्वरुपमा संघर्षहरु पनि निरन्तर अघि बढिरहेका छन् ।’

    विप्लवले वक्तव्यमा अगाडि भनेका छन्, ‘नेपालमा क्रान्तिकारी महिलाहरुको सचेत पहल र महिला आन्दोलनको बलमा महिलाहरुको पक्षमा कानुनी रुपमा केही सुधारवादी अधिकारका प्रावधानहरु स्थापित भए पनि व्यवहारमा अहिले पनि अनेकौं असिमित उत्पीडन, दमन, विभेद, हिंसा र असमानताहरु कायमै छन् ।

    अझ ब’ला’त्कार जस्ता जघन्य अपराध र हिं’साहरु झनै बढिरहेका छन् । महिलामाथि हुने विभेद, शोषण, उत्पीडन, असमानता र दमन तथा त्यसका विरुद्ध संघर्ष र मुक्तिको सवाल केवल महिलाको मात्र सरोकारको विषय नभएर यो पुरुषसहित सम्पूर्ण सचेत नागरिकहरुको साझा सरोकार र दायित्वको विषय हो ।

    त्यसैले महिलाविरुद्ध हुने सबै किसिमका अन्याय, विभेद, असमानता, दमन र हिं’साविरुद्ध संघर्ष र पूर्ण मुक्तिका लागि कानुनी संघर्ष, सामाजिक जागरण र राजनीतिक संघर्षलाई समायोजन गर्दै त्यसको अग्रमोर्चामा महिलाहरु साथमा पुरुषसहित सबै तहका सम्पूर्ण नागरिकहरुको साथ, सहभागिता र सहयोगमा अघि बढाउन जरुरी छ ।’

    महासचिव विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘क्रान्तिकारी महिला आन्दोलनको गौरवपूर्ण विगतबाट उर्जा र शिक्षा लिँदै वर्तमान परिवर्तित विश्व परिस्थितिलाई दृष्टिगत र आत्मसाथ गर्दै नयाँ ढंगबाट महिला आन्दोलनको विकास गरेर नै श्रमिक महिला आन्दोलनले आफ्नो लक्ष्य हासिल गर्न सफल हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

    यस्तो छ महासचिवव विप्लवको बिज्ञप्तिको पूर्णपाठसहित

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया