काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन आज देखि सुरु हुँदैछ । ८ मार्च अर्थात् १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुरु हुन गइरहेको सम्मेलनलाई पार्टी महासचिव विप्लवले सम्बोधन गर्दैछन ।
“महिला हिंसा र फासिवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नाराका साथ कपिलवस्तुको शिवगढीमा भोलि दिउसो १२ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रमलाई पार्टी महासचिव विप्लवले सम्बोधन गर्ने संगठनकी अध्यक्ष बन्धु चन्दले संचारकेन्द्रलाई जानकारी दिइन।
पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि विप्लवले पहिलोपटक पार्टीनिकट जबस मोर्चाको कार्यक्रमलाई सार्वजनिकरुपमा सम्बोधन गर्न लागेका हुन् । सरकारसँगको ३ बुंदे सहमतिपछि विप्लव शुक्रबार मात्रै राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमार्फत सार्वजनिक भएका थिए।
त्यसपछि उनले नेता कार्यकर्तासँग र अन्य राजनीतिक पार्टीसँगको भेटघाट तिब्र बनाएका छन् । सम्मेलनको उद्घाटन समारोहमा पार्टीका महासचिव, जबसका प्रमुखहरु लगायत अन्य अतिथिहरुको पनि उपस्थिति रहने जनाइएकाे छ । उक्त उद्घाटन सत्रको संचारकेन्द्र डटकमले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रतिक्रिया