• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली-प्रचण्डहरु हार्नुपर्ने थियो, हारे ! न्यायपूर्ण फैसलाका लागि अदालतलाई धन्यवाद- नेकपा अध्यक्ष कट्टेल

    1.3K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतले न्यायपूर्ण फैसला गरेको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरेलगत्तै सञ्चारकेन्द्रसँग कुरा गर्दै उनले यस्तो प्रतिकृया दिएका हुन् ।

    ‘ओली-प्रचण्डहरु हार्नुपर्ने नै थियो र हारे !’ सञ्चारकेन्द्रसँग कुरा गर्दै उनले भने- ‘यो न्यायपूर्ण फैसलाका लागि अदालतलाई धन्यवाद ।’ सत्ताको मतमा अनुचित ढंगले मात्तिएर अनुचित कार्यहरु गर्दै आएका ओली-प्रचण्डहरुलाई यो फैलासा एक प्रकारको झापड भएको अध्यक्ष कट्टेलको भनाइ छ ।

    ‘उनीहरु हिजो सत्ताको मातमा अनुचित ढंगले उफ़्रिएका थिए । त्यो मातले उनीहरुलाई आफ्नै पार्तिमना पनि एक बन्न दिएन ।’ उनले सञ्चारकेन्द्रसँग भने- ”यो मात्रै हैन उनीहरूले गरेका अन्यायहरु अन्य पनि छन्।’

    विप्लव नेतृत्वको नेकपामाथि समेत अनुचित ढंगले हिजो प्रतिबन्ध लगाएर पावर देखाउन खोजे पनि अन्तत: प्रतिबन्ध फुकुवा गरेर जनताको आगाडि घुँडा टेक्न बाध्य भएको पनि अध्यक्ष कट्टेलले बताए ।

    ‘विप्लवहरुमाथि लगाएको प्रतिबन्धमा पनि घुडा टेक्नै कर लाग्यो । उनीहरुले प्राप्त पो के नै गरेका छन् र ?’ उनले भने- ‘ आज अदालतले यिनीहरुको बैधानिकता सिध्याइदियो । अझै यिनीहरुका कयौ कुकृत्यहरु छन् जुन जनताका माझमा भण्डाफोर हुन् बाँकी छन् ।’

    सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको हाे । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।

    प्रतिक्रिया