काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पूर्व सभामुख कृष्ण बहादुर महराबीच भेटवार्ता भएको छ । प्रचण्ड नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता समेत रहेका कृष्णबहादुर महरासँग आइतबार बिहान भेटवार्ता भएको हो।
भेटघाटका क्रममा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको एक नेताले बताए । प्रतिबन्ध फुकुवा भएपछि शुक्रबार राष्ट्रिय सभागृहमा एउटा कार्यक्रममार्फत सार्वजनिक भएका महासचिव विप्लवले शनिबारदेखि नै भेटवार्ता सुरु गरेका छन्।
शनिबार गृहमन्त्री राम बहादुर थापा बादल र नक्खु जेलमा रहेका आफ्नो पार्टीका केन्द्रिय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सँग भेताघट गरेका विप्लवले साझ ४ कम्युनिष्ट पार्टीको रणनैतिक संयुक्त मोर्चासँग छलफल गरेका थिए ।
प्रतिक्रिया