काठमाडौं । नेपाल सरकार र नेकपाबीच भएको वार्तामा भएका सहमति हस्ताक्षर समारोहमा नेकपाका महासचिव विप्लवले सम्बोधन गरिरहेका छन ।
समारोहमा दुबै वार्ता टोलिका संयोजकले ३ बुदे सहमति पत्रमा हस्ताक्षर गरेका छन । वार्ता टोलिले सहमति पत्रमा हस्ताक्षर गरेपछि विप्लवले समारोहलाई सम्बोधन गरेका छन ।
उनले समारोहलाई सम्बोधन गर्दै आज बिहान सहिद परिवारले टीका लगाएर शहिदका सपनालाई भुलेर हस्ताक्षर नगर्न चेतावनी दिएको समेत उल्लेख गरेका छन ।
उनले सम्बोधन गर्दै जुनसुकै हालतमा पनि शहिदका सपनामा घात नगर्ने प्रतिबद्धता ब्य्क्त पनि गरेका छन ।
उनले समारोहलाई सम्बोधन गर्दै सरकार र नेकपाबीच भएको ३ बुदे सहमति पूरा पालना गर्ने बताएका छन । आफुले सार्बभौमससत्ता सम्पन्न जनताकोबीचमा जनमत संग्रह गर्न माग राखेको बताए ।
विप्लवले संसारमा उत्पीडित समुदायको मुक्ती नभएसम्म युद्धको अन्त्य नहुने समेत बताएका छन। संसारभरिका मजदुरको सत्ता कम्युनिस्टहरुले ल्याउने र त्यस दिन कम्युनिस्टले नै युद्धको अन्त्य गर्ने बताएका छन । युद्धको अन्त्य कम्युनिस्ट बाहेक अरुबाट सम्भब नहुने बताएका छन ।
यस्तै विप्लवले आफ्न पार्टी सहकार्य र हातेमालो गर्न तयार भएको तर कसैले आफुलाई र नेपाली जनातालाई हेप्यो भने आफ्नो जीवन धर्तिमा गाढिएपनि क्रान्तिबाट पछि नहट्ने समेत बताएका छन
समारोहमा विप्लवले प्रचण्ड-माधब नेतृत्वको नेकपाबारे कुनै पनि कुरा उल्लेख गरेका छैनन् । यस्तै उनले केपि शर्मा ओलि र उनको पार्टीबारे कुनै टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया