• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओलीसँग एकै मञ्चमा देखिनुअघि नवलपुरमा यसरी झुल्किए विप्लव

    826
    SHARES

    काडमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपुरमा देखिएका छन्। सरकार र नेकपाबीच बिहीबार ३ बुँदे सहमति गर्दै वार्ता सकिएको थियो। सरकारले नेकपालाई लगाएको प्रतिबन्ध पनि फुकुवा गरिसकेको छ।

    आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एकै मञ्चमा देखिँदैछन्। काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने तयारी छ। काठमाडौंमा सार्वजनिक हुनुअघि नै शुक्रबार बिहान विप्लव नवलपुरमा देखिएका हुन्। सरकारले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

    महासचिव विप्लव नवलपुरमा सहिद परिवार भेटघाट गरि काठमाडौ हिडेका छन् । सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई भेटघाट गर्दै महासचिव विप्लव काठमाडाैं हिडेका हुन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया