• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेश

    इन्धनको मूल्य बढेसँगै हवाई भाडा पुनः बढ्यो

    511
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् ।

    वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । हवाई व्यवसायीको निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिएको छ । संघका प्रवक्ता योगराज कंडेलका अनुसार बढेको भाडा शुक्रबारबाट लागू हुने भएको छ ।

    नेपाल आयल निगमले आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । नयाँ सरचार्ज अनुसार माउण्टेन फ्लाइटतर्फ साविकभन्दा १७० रुपैयाँ बढी पर्ने भएको छ ।

    काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढीका लागि सरचार्ज २२० रुपैयाँ थप भएको छ । काठमाडौंबाट नजिकको गन्तब्य सिमराका लागि ४५ रुपैयाँ इन्धन मूल्य थप भएको छ । विराटनगरबाट पोखरा उडानको भाडामा १६५ रुपैयाँ थप हुने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया