• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    काठमाडौँ आइपुग्दै विप्लव, बाँस्तोलालगायतका नेताहरु रिहा हुँदै, सुदर्शनलाई छाड्न पनि प्रक्रिया अगाडि बढ्यो

    1.4K
    SHARES

    काठमाडौँ । शुक्रबार दिउँसो २ बजे हुन लागेको कार्यक्रमलाई सम्बोधन गर्न नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडाैं आउन लागेका छन् । नेकपाका एक नेताले संचारकेन्द्रलाई दिएको जनाकारी अनुसार महासचिव विप्लव गाडीमार्फत काठमाडौँ आउनल लागेका हुन् ।

    ओली सरकारसँगको वार्तापछि नेकपामाथिको प्रतिबन्ध २ बर्षपछि फुकुवा भएको छ । प्रतिबन्ध फुकुवा भएसंगै महासचिव विप्लव र प्रधानमन्त्री केपी ओलीले एउटै मंचबाट सम्बोधन गर्दैछन । यसैबीच नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला आज रिहा हुँदैछन् । सरकारले आजबाट रिहा गर्न सर्कुलर जारी गरेसँगै बास्तोला रिहा हुन लागेका हुन् ।

    सर्वोच्च अदालतले पटकपटक दिएको आदेशलाई लत्याउँदै प्रहरीले पुनः पक्राउ गर्दै आएको थियो । अहिले बास्तोलालाई काभ्रेको हिरासतमा राखिएको छ । विहीबार गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाएर हिरासतमा रहेका नेकपाका नेता, कार्यकर्तालाई आजसम्म छोड्न निर्देशन दिएको थियो । प्रहरी हिरासतमा रहेका नेता, कार्यकर्ताहरु आज छुट्दैछन् ।

    त्यसैगरी पुर्पक्षका लागि जेल चलान गरेका नेता, कार्यकर्ताको अदालती प्रक्रिया पूरा गर्न केही लाग्न सक्नेछ । सरकारले मुद्धा फिर्ता लिएसँगै उनीहरु सबैलाई पनि रिहा गर्न प्रक्रिया पूरा गर्न लागिएको हो । नख्खु कारागारमा रहेका नेकपाका अर्का सचिवालय हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न पनि प्रक्रिया पूरा गर्न लागिएको छ ।

    सरकार र नेकपाबीच तीन चरणसम्म वार्ता भएर तीन बुँदे सहमति भएको थियो । सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापा र नेकपाका वार्ता टोली संयोजक प्रकाण्डले संयुक्तरुपमा प्रेस नोट जारी गरेर तीन बुँदे सहमति भएको सार्वजनिक गरिएको थियो । जसमा नेकपाले आफ्ना राजनीतिक गतिविधि शान्तिपूर्णरुपमा संचालन गर्ने, समस्या संवाद र छलफलबाट हल गरिने, सरकारले प्रतिबन्द फुकुवा र बन्दी रिहा गर्ने तयार भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया